
अर्थ सरोकार सम्बाददाता / काठमाडौं – १५ लाखमा बन्ने एप्सलाई ७ करोड खर्च गरेको, विभिन्न ठेक्कामा कमिसन लिने गरेको जनतालाइ ठग्ने विभिन्न काम गरेको लगायतका कार्यहरुले निकै विवादमा तानिएका नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक बुद्धी प्रसाद आचार्य अर्को लफडामा परेका छन् ।
आठौँ साधारण सभामा ऐन कानून विपरीत कम्पनीको स्वायत्तता हरण गरी कम्पनी धराशायी पार्ने षडयन्त्र गरेको भन्दै नेपाल टेलिकम कर्मचारी यूनियनले विरोध गर्दे आएको छ ।
टेलिकमका प्रबन्ध निर्देशकले टेलिकमलाइ धरासायी बनाउन लागेको आरोप लगाउंदै उनीहरले कम्पनीले साधारण सभामा विशेष प्रस्तावका रुपमा पेश गर्नुपर्ने नियमावली संशोधन जस्तो गम्भीर विषयलाई छलफल नै नगरी नियमावली संशोधन पारित भएको भनी भ्रमपूर्ण सूचना प्रकाशित गरेकोमा पनि आपत्ति जनाएका हुन्।
बुद्धी प्रसाद आचार्यको कार्यशैलीको विरोधमा कर्मचारी यूनियनले गत असार १९ गतेदेखि दैनिक रुपमा प्रवन्ध निर्देशकको कार्यकक्षमा धर्ना दिदै आएको बताएको छ ।
कम्पनीले नेपालको संविधान, कम्पनी ऐन, २०६३ तथा सर्वोच्च अदालतको फैसला समेतको विपरित व्यवस्थापन र संचालक समितिको काम कारबाहीले कम्पनी धराशायी बनाउने, कर्मचारी र शेयरधनीहरुको अहित हुने काम गरेको कर्मचारी यूनियनका महासचिव धिरेन्द्रप्रसाद दत्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनी धराशायी गर्ने उक्त कदमको विरोध गर्दै यूनियनले कम्पनी भित्र कानूनी शासन, कम्पनीको स्वायत्तता, सुशासन र कम्पनीलाई चलखेलको थलो हुनबाट जोगाई कर्मचारीको भविष्य सुनिश्चित गर्न कम्पनीलाई आग्रह गरेको छ । आफ्ना मागबारे सुनुवाई नगरिए कर्मचारी यूनियन आन्दोलनमा उत्रिन बाध्य हुने यूनियनका अध्यक्ष राजकुमार मेहताले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्