Skip to content
LAXMI SUNRISE BANK

आफ्ना विद्यार्थीको ज्यानमाथि खेलबाड गर्दैछ सेन्ट लरेन्स कलेज, रातो स्टिकर टाँसिएको भवनमा अध्यापन !

अर्थ सरोकार

अर्थ सरोकार सम्बाददाता / काठमाडौँ – के तपाईंले आफ्ना छोराछोरीलाई काठमाडौँस्थित सेन्ट लरेन्स कलेजमा भर्ना गर्नुभएको त छैन ? यदी गर्नुभएको छ भने तपाईंको छोराछोरीको ज्यानमाथि खेलवाड हुन सक्छ । किनकी उक्त कलेजले सरकारले काम नलाग्ने भनी रातो स्टिकर टाँसेको भवनमा विद्यार्थीहरुलाई राखेर अध्यापन गराईरहेको छ । भूकम्प जुनसुकै बेला आउने हुनाले सेन्ट लरेन्सका विद्यार्थीको ज्यान कुनै पनि बेला तलमाथि हुन सक्छ । केहि समयअघि ललितपुरको एक विद्यालयमा पर्खालले किचेर विद्यार्थीहरु घाइते भएका थिए ।   
चावहिल ७ मा रहेको बिएस्सी सिएसआइटी कार्यक्रम समेत संचालन गरिरहेको सेन्ट लरेन्ज कलेज गतवर्षको भुकम्पमा पुर्णरुपमाखस्ती भएको र रातो स्टिकर टासिएको भवनमा विद्यार्थीहरुलाई राखेर अध्यापन कार्य भइरहेको छ । 
यस सम्वन्धी काठमाण्डौ महानगरपालिकाले आवश्यक कारवाहीको लागि कानुन महाशाखालाइ पत्र काटेको छ । प्रहरी नायव उपरिक्षक दिनेश कुमार अर्यालले यहि असार २१ गते कानुन महाशाखालाइ एक पत्र लेख्दै नक्सा पास समेत नभएको उक्त कलेजको भवनको आवश्यक प्राविधिक जाच गरि कानुन बमोजिम आवश्यक कारवाही गर्न कानुन महाशाखालाइ पत्र लेखेका छन् । 
यस्तै आवश्यक कारवाहीको लागि माग गर्दै काठमाण्डौ ६ का नरकान्त राइले महानगरपालिकामा असार १३ गते उजुरी दर्ता गराएका थिए । नक्सा पास समेत नगरी बनाइएको र रातो स्टिकर लागेको उक्त कलेजको लापरवाही प्रति स्थानिय वासिन्दा, विद्यार्थी र अभिभावक समेत रुष्ट रहेका छन्  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK