
- अर्जुन गिरी / पोखरा
मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस गर्दै गरेका एक विद्यार्थी सेती नदीको डिलमा आफ्नी प्रेमिकासँग गफिँदै थिए । मायालुको हात समातेर बसेका उनीहरुलाई एक्कासि एउटा चर्को स्वरले झस्कायो— ‘के गरेर बसेको ?’ उनीहरु ज¥याक जुरुक उठे । ‘म सिभिल पुलिस हो’ त्यो व्यक्तिले भन्यो । उसले तिनीको मोबाइलमाग्यो । नदिए प्रहरी कार्यालय लैजाने भनेपछि युवती निकै डराइन्। आफ्नो प्रेम सार्वजनिक होला भन्ने डरले उनीहरुले मोबाइल दिए ।
सेती नदी बगिरहेको हेर्दै उनीहरुले प्रेमका मिठामिठा बातबाहेक केही गरेका थिएनन् । आफूहरुले कुनै गल्ती नगरेको यहशास उनीहरुमा थियो । तर,त्यत्तिकैमा प्रहरीले मोबाइल मागेर लैजानुचाहिँ ठिक होइन भन्ने ठानेरै युवकले जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी गरे—मोबाइल लुटियो । आँट जुटाएर उनले सबै कहानी सुनाए । बुझ्दा के थाहा भयो भने उनीहरुसँग मोबाइल मागेर लैजाने हुलिया अनुसारको प्रहरी नरहेको पुष्टि भयो । त्यति भएपछि युवक र प्रहरीलाई प्रष्ट भयो कि कसैले प्रहरीहुँ भनेर लुटपाट भएछ ।
मणिपालका ती विद्यार्थीले लिखित उजुरी गरेका थिए, तर त्यस्तै खाले गुनासो भने प्रहरीलाई मौखिक रुपमा आइरहेकै थियो । लिखित उजुरीपछि भने प्रहरीले मणिपाल क्षेत्रमा सक्रियता बढाइरहेको थियो । विशेष गरी जिल्ला प्रहरी कार्यालयको टोलीले ती विद्यार्थीले भनेअनुसार हुलिया भएको मान्छेलाई समात्न सक्रिय भएर लाग्यो । असार १९ गते सिसुवा प्रहरीले त्यस्तो हुलिया भएको मान्छे समातेको छ भनेर खबर आयो ।
टोली त्यहाँ पुगेपछि थाहा भयो ती एमबिबिएसका विद्यार्थीलाई डेटिङ स्पोर्टमा प्रहरी भनेर लुट्ने वसन्त थापा रहेछन् । रोल्पाकोधबाङ–४ का ३६वर्षीय थापा पूर्व माओवादी लडाकु हुन् । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइयो । उनले त्यसरी लुटेका विभिन्न मोडलका १७ थान मोबाइल सेट तथा एउटा साइकल बिक्री गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि वज्राचार्यले बताए ।
चोरीको मोबाइल सेट खरिद गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–४ का ३० वर्षीय सन्तोष सुनार भन्ने कमल सुनार र वडा नम्बर ३ का २३ वर्षीय रमित श्रेष्ठविरुद्ध चोरी मुद्दामा कास्की अदालतबाट म्यादथप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी बज्राचार्यले बताए ।
पछिल्लो समय त्यसरीनै धेरै युवायुवती जोडीलुटिने गरेका छन् । तीमध्ये थोरै घटनाविरुद्ध मात्र प्रहरीकहाँ उजुरी पर्छ । विशेषगरी पस्र्याङ लभ्लीडाँडा, मणिपाल पछाडि, पृथ्वीनारायण क्याम्पसको सेती नदीको डिल, काहुँखोला, कार्कीडाँडा, दोबिल्ला, वसुन्धरा पार्क, फेवाताल किनार, वेगनास ताल, रुपा तालको छेउछाउ, सराङकोट, छोरेपाटन माथि स्तूप क्षेत्रमा बेला–बेलामा नक्कली प्रहरीले लुट्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।
यसरी पक्राउ परे थापा
लेखनाथ विजयपुरनजिक एक होटलमा वसन्त थापा एकजना साथीसहित पसे । साथी र उनी मिलेर त्यहाँ टन्न लोक्कल रक्सी र मासु खाए । तर उनीहरुसँग बिल तिर्ने पैसा भने थिएन । ११ सय रुपैयाँ बिलको विषयलाई लिएर पसलेसँग सामान्य भनाभन पनि भयो । अन्त्यमा थापाले मोबाइल धरौटी राखे ।
‘म भोलि पैसा ल्याउँछु अनि मोबाइल लिएर जान्छु’ भन्दै त्यहाँबाट हिँडे । दुई तीनदिनपछि पनी उनी नआएपछि होटल सञ्चालकले फोन अन गरे । अन गरेको केही घन्टामा फोन आयो । लेखनाथ कालिकाबाट एक महिलाले त्यो फोन आफ्नो रहेको बताइन् । त्यसपछि होटल सञ्चाललाई शंका लाग्यो त्यो कतै चोरीको मोबाइल हो कि भनेर । त्यसपछि उनले सिसुवा प्रहरीकोमा फोन गरे ।
सिसुवा प्रहरी प्रमुख मित्रबहादुर आचार्यले ती मान्छे आएको खण्डमा खबर गर्न भने । त्यसपछि एक दिन थापा होटल अगाडि आएका बेला सूचनाको आधारमा प्रहरीले पक्राउ ग¥यो । त्यसपछि प्रहरीले कालिकाकी ती महिलालाई फोन ग¥यो । ती महिलाले आफ्नो छोरीको आइफोन र पर्स केही दिनअघि लुटिएको बताइन् । त्यसपछि प्रहरीले उनलाई प्रहरी कार्यालय आएर सम्पर्क गर्न अनुरोध ग¥यो ।
यता थापाविरुद्ध अनुसन्धान सुरु भयो । त्यतिनै बेला कास्कीबाट एक प्रहरी टोली आयो । थापाको फोटोसहित आएको टोलीले थापाले नै अन्य ठाउँबाट विशेष गरी युवायुवतीको जोडीलाई आपूm पुलिस हो भन्दै लुटेको पुष्टि ग¥यो । अहिले थापा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनले धेरै विशेष गरी डेटिङ स्पोर्टबाट ३० वटाभन्दा धेरै जोडीलाई त्यसरीनै लुटेको हुन सक्ने प्रहरीले स्रोतले बतायो । ‘पोखराबाट लुटेर अहिले लेखनाथतिर सरेको रहेछ,’ स्रोतले भन्यो, ‘धेरैलाई लुटेको रहेछ ।’
शंका लागे आइडी कार्ड माग्न मिल्छ :डिएसपी गजुसिद्धि बज्राचार्य
कुनै पनि ठाउँमा सामाजिक मूल्य र मान्यतामा आँच आउने या अश्लील कार्य गर्न कसैले पनि पाउँदैन । त्यस्तो गरेमा प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याउँछ । यस विषयमा सबैलाई थाहानै छ । यिनै कुरालाई मध्यनजर गर्दै र सुरक्षाको दृष्टिकोणले प्रहरीले चाहे कसैलाई पनि चेकजाँच गर्न सक्छ । तर कसैले प्रहरी हुँ भनेर सिभिल ड्रिसमै आएर जाँच गर्न खोज्छ र तपाईंलाई शंका लाग्छ भने तपार्इंले प्रहरीको आइडी कार्ड देखाउनु भनेर भन्न सक्नुहुन्छ ।
तर ऊ देखाउन मान्दैन भने तपार्इंले तुरुन्तै १०० मा फोन गर्न सक्नु हुन्छ। कसैले गल्ती गर्छ भनेपनि प्रहरीले समान मागेर छाड्न मिल्दैन । प्रहरीको काम कानुनी दायरामा ल्याउने हो । कुनै पनि नागरिकले यति त्यस्तो पीडा भाग्नु परेको त भने हामीलाई जानकारी गराउनु होस् हामी तुरुन्तै कारबाहीको दायरामा ल्याउँछौं ।
यसरीनै नक्कली प्रहरी, आर्मी सिआइडी भन्दै पोखरा तथा आसपासका इलाकामा विशेष गरी युवायुवतीको जोडीलाई लक्ष्य गर्दै लुट्ने रोल्पाका वसन्त थापालाई हामीले पक्राउ गरेका छांै । जोडीलाई सामानहरु चेकजाँच गर्नुप¥यो भन्दै डर त्रास देखाई उनीहरुको साथमा भएको मोबाइल सेटहरु जबरजस्ती लुट्ने गरेको पाइयो ।