Skip to content
LAXMI SUNRISE BANK

युवा सशक्तीकरणमा योगदान दिएवापत प्रकाश कोइराला सम्मानित हुँदै

अर्थ सरोकार

 
वित्तीय शिक्षा सचेतनाका अभियानता समेत रहेका प्रकाश कोइरालाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्ने भएको छ । युवा सशक्तीकरणमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई नेपाल सरकारले सम्मानित गर्न लागेको हो । उनलाई ५० हजार नगद र प्रशंसापत्र सहित नेपाल सरकारले सम्मानित गर्दैछ । 
उनीसँगै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ४५ श्रष्ठाहरुलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्न लागेको हो । विभिन्न जिलाहरुबाट सिफारिस परेकाहरुमध्ये युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको छनोट समितिले  छनोट गरेका ४५ जनालाई एक कार्यक्रमका बीच सम्मान गर्न लागिएको हो ।  
प्रकाश कोइरालाले यस अघिपनि बेलायतमा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेका छन् भने विभिन्न देशमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । अर्थ सरोकारसंग कुराकानी गर्दै प्रकाश कोइरालाले नेपाल सरकारले दिन लागेको सम्मानले अझै हौसाला मिलेको प्रतिक्रिया दिएका छन् । 
सम्मान कार्यक्रम २०७३ असार २६ गते छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK