
वित्तीय शिक्षा सचेतनाका अभियानता समेत रहेका प्रकाश कोइरालाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्ने भएको छ । युवा सशक्तीकरणमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई नेपाल सरकारले सम्मानित गर्न लागेको हो । उनलाई ५० हजार नगद र प्रशंसापत्र सहित नेपाल सरकारले सम्मानित गर्दैछ ।
उनीसँगै विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ४५ श्रष्ठाहरुलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्न लागेको हो । विभिन्न जिलाहरुबाट सिफारिस परेकाहरुमध्ये युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको छनोट समितिले छनोट गरेका ४५ जनालाई एक कार्यक्रमका बीच सम्मान गर्न लागिएको हो ।
प्रकाश कोइरालाले यस अघिपनि बेलायतमा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेका छन् भने विभिन्न देशमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । अर्थ सरोकारसंग कुराकानी गर्दै प्रकाश कोइरालाले नेपाल सरकारले दिन लागेको सम्मानले अझै हौसाला मिलेको प्रतिक्रिया दिएका छन् ।
सम्मान कार्यक्रम २०७३ असार २६ गते छ ।