Skip to content
LAXMI SUNRISE BANK

‘मौन क्रान्ति’ को आवरणमा अनियमितता

अर्थ सरोकार

काठमाडौं–मोरङमा एक सामाजिक परिचालकले ५४ थान रेनकोट खरिद गरेको विवरण पेस गरेर जिल्ला विकास समितिबाट एक लाख ६१ हजार रुपैयाँ भुक्तानी लिएको भेटियो । छानविन हुँदा रेनकोट र झोलाको बिल भेटिएन । ती समाजिक परिचालकले अन्य खुद्रे योजनाका लागि ७ लाख पेस्की पाएका थिए ।
मोरङ जिविसले मात्रै नागरिक सचेतना केन्द्रका लागि एक करोड चार लाख रुपैयाँ बाँडेको थियो । उक्त बजेटबाट सञ्चालित योजनाको अनुगमन, मूल्यांकन, सामाजिक परीक्षणलगायत कुनै पनि काम भएको थिएन ।
अर्घाखाँचीमा पनि यस्तै उदाहरण भेटिएको छ । जहाँ जिविसले ३५ संस्थालाई ३० हजार रुपैयाँका दरले १० लाख ५० हजार रुपैयाँ बाँड्यो । सेवा प्रदायक संस्थको नाममा थप एक लाख ३५ हजार रुपैयाँ निकासा भयो । जिल्लाभर नै छरिएको १२ लाख रुपैयाँ खर्चको हिसाबकिताब जिविसमा छैन ।
बारामा ३४ नागरिक सचेतना केन्द्रले आफैं योजना छनोट गरेर एक करोड ७ लाख रुपैयाँ निकासा लिए । तर कुनैले पनि खर्चको विवरण जिविसमा पठाउन सकेनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK