
काठमाडौँ – नेपालको आइसीटी क्षेत्रमा आफ्नो छुट्टै नाम कमाएको लिविंङ वीथ आइसीटि मासिकले आयोजना गरेको ‘सुष्मित इन्टरनेश्नल आइसिटी स्टार्टअप अवार्ड २०१६’ सम्पन्न भएको छ । बुधबार काठमाडौंस्थित वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममका बीच उत्कृष्ट ४ कम्पनीलाई सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा सस्तो डिल प्रालि, कुल टेक्नो ल्याब एण्ड रिसर्च सेन्टर प्रालि, समार्ट समाज (नेप्फ्लाईट) र यल्लो नेपाल प्रालि क्रमश: उत्कृष्ट ठहरिएका छन् । यस्तै उत्कृष्ट १० मा पर्न सफल गुर्खा टेक प्रालि, मन्त्र आइडियाज प्रालि, ह्वाइटस्पेस प्रालि, एमिनेन्स वेज प्रालि, फुन्का टेक्नोलोजिज प्रालि र आइटेक नेपाल डटकम प्रालिलाई पनि कार्यक्रममा सञ्चारमन्त्री शेरधन राइले सम्मान गरेका थिए ।
कार्यक्रमकै अवसरमा नेपालका पहिलो कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई सञ्चार मन्त्री राईले आइसिटी पायोनियर अवार्ड २०१६ द्वारा सम्मानित गरिएको छ ।
कार्यक्रमका सभापति एवं लिभिंग विथ आइसिटीका प्रधान सम्पादक राजन लम्सालले स्वदेशमै उद्यमशीलता सुरु गर्ने स्टार्टअप कम्पनी र देशलाई योगदान दिने आइसिटी पायोनियरलाई सम्मान गरिएको भन्दै देशले पनि यस्ता हस्तीहरुलाई चिन्नुपर्ने बताएका थिए भने कार्यक्रममा प्रमुख अतिथि संचारमन्त्री शेरधन राइले सम्मानित सबैलाई बधाई दिंदै छिट्टै नै एउटा आइसीटि प्याकेज ल्याउने योजनामा सरकार रहेको बताएका थिए ।
उक्त अवार्ड कार्यक्रममा ५० बढी कम्पनीहरुले सहभागीता जनाएका थिए । उक्त अवार्डकार्यक्रमलाइ अर्थ सरोकार डटकम संचालक कम्पनी शुभम् मिडिया प्रालिले पनि सहयोगीको भूमिका निर्वाह गरेको थियो ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्