×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाफियामा माफियाको चलखेल जारी, इच्छाराजहरु अब के गर्लान् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाफियामा माफियाको चलखेल जारी, इच्छाराजहरु अब के गर्लान् ?

Artha Sarokar

१० असार २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक संसदले समितिमा नै फिर्ता पठाएपछि अर्थ समितिमा रहेका बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको दौडादौड सुरु भएको छ । नागरिकको रकममा मोजमस्ती गर्न पल्केका बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरु अर्थ समितिबाट जसरी भएपनि पुनः विधेयकलाई आफ्नै योजनामा अगाडि बढाउने लक्ष्यका साथ दौडादौड सुरु गरेका छन् ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ– सिभिल बैंकका अध्यक्ष रहेका इच्छाराज तामाङ, माछापुच्छ्रे बैंकका विरेन्द्र महत्तो, ललितपुरका सांसद उदयशम्सेर राणा, उदयनेपाली श्रेष्ठ जस्ता बढी बैंकका साहुजी र कम मात्रै सांसद भएकाहरुले जनताको पैसामा मोजमस्ती गर्ने लक्ष्यका साथ विवादित बुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा राखेर पठाएका थिए ।

चार चार वर्ष गरी आठ वर्ष अध्यक्ष बन्ने र प्रबन्ध सञ्चालकको नाममा बैंकमा लामो समयसम्म रहने योजनाअनुसार नै सो विधेयकमा अनावश्यक र जनतामारा प्रावधान राखिएको थियो ।

विशेष गरी इच्छाराज तामाङले एमालेका सांसदहरुको नाममा समेत संशोधन प्रस्ताव हालेर मनलाग्दी गरेका थिए । उनले बैंक तथा वित्तीय संस्थालाई पारदर्शी बनाउने भन्दै गलत धन्दालाई संस्थागत गर्न खोजेका थिए । पैसा भएपछि कालोलाई सेतो र सेतोलाई कालो बनाउन माहिर मानिएका अर्थ समितिका सभापति प्रकाश ज्वालालाई समेत धेरैको वशमा पारेका थिए ।

काठमाडौँमा घर बनेको छैन के रे सभापति ज्यू भन्दै इच्छाराजले सभापति ज्वालालाई प्रभावमा पारेको एमाले सांसदहरुले नै बताउने गरेका छन् । सभापतिलाई प्रभावमा पारेर कम मात्रै सांसद भएको मौकामा इच्छाराज, उदय शम्सेर, उदय नेपाली श्रेष्ठलगायतले आफूखुसी विधेयक सदनमा पठाएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी