
रात्रिकालिन व्यवसायी अन्र्तगत सञ्चालनमा आएका राजधानीका अधिकांश डान्सबारमा पछिल्लो पटक लुटपाट र ठगीसमेत बढ्न थालेको छ । ग्राहकलाई मनोरञ्जन दिने नाममा यस्ता बारका सञ्चालकले विषेश गरी विदेशी पर्यटकलाई लुटपाट गर्दै आएका छन् ।
दरबारमार्ग र ठमेलमा सञ्चालित केही डान्सबारले दलालको प्रयोग गरी पर्यटकलाई बारसम्म पु¥याएर ठगी गर्छन् । दरबारमार्गस्थित उड्ल्याड होटलमा सञ्चालित व्याल्क आउट, ठमेल ज्याठास्थित मेहेन्दी डान्सबार, संचयकोष चोकको युनिक डान्सबार, नरसिंह चोकस्थित ब्लू बार, ज्याठा रोडमा रहेको चाहाना डान्सबार, पुसी क्याट, हुक्काबार, ताज डान्सबार, भगवतीबालको चिल्ली डान्सबारले जालो फिजाएर ठगी र लुटपाट गर्दै आएका छन् । बारबाट सञ्चालित यस्ता दलालले बिषेश गरी भारतिय मूलका ग्राहकलाई बिभिन्न प्रलोभन देखाई बारसम्म पु¥याउने र लुटपाटकै शैलिमा ठगी गर्ने गरेको स्रोतको दाबी छ ।
उड्ल्यान्ड होटलमा सञ्चालित व्ल्याक आउटका सञ्चालक सुनिल कुवँर, ताजका रुपेश गुरुङ, हुक्काका राम लामा, यूनिकका आकाश लामा र दिपक श्रेष्ठ, चाहनाका राम लामा, पुसी क्याटकका राम श्रेष्ठ र रुपेश श्रेष्ठ, चिल्लीका सानु लामाले दलालको प्रयोग गर्दै योजनाबद्ध तरीकाबाटै बिदेशी ग्राहकलाई ठगी गर्दै आएका छन् ।
रेष्टुरेन्टको मेन्यूलाई समेत अत्यधिक मँहगो दर भाउ राखी रेष्टुरेन्ट व्यवसायीले कालोबजारी गर्दै आएका हुन् । पाँच तारे होटल र बसपार्कमा यस्ता ग्राहक खोज्ने बारका सञ्चालकले दलालको प्रयोग गर्दै आएका छन् ।
पर्यटकलाई सेवा गर्ने नाममा ‘नयाँ नेपाल पर्यटक सेवा’ भन्ने संस्था दर्ता गरेर पर्यटकलाई ठगी गर्दा सम्बन्धित निकाय मौन रहेको गुनासोे अन्य व्यवसायीहरुको छ ।
सुनिल कुँवर, राधेश्याम, रबिन, महादेब विहारी नरेश गरी, रमेश झपाली र कृष्ण शर्मालगायत एक दर्जनले भारतीय मुलका ग्राहकलाई बिभिन्न बहानामा रेष्टुरेन्टमा पु¥याएर लुट्ने गरेका छन् । रेष्टुरेन्ट सञ्चालकको मिलोमतोमा लुटिएको ग्राहकबाट यस्ता दलालले ४० प्रतिशत कमिशन पाउँछन् । धेरै रकमको बिल तिराउन बारका डान्सरहरुको समेत हात हुन्छ । हामी तपाई बसको होटलमा आउँछै भन्दै ग्राहकलाई ति डान्सरले बिल तिर्न बाध्य बनाउँछन् । त्यति गर्दापनि ग्राहकले बिल नतिरेको खण्डमा बारका सञ्चालकले प्रहरीको दुरुप्रयोग गरी पैसा असुल्ने गरेको स्रोत बताउँछ । जनप्रहर साप्ताहिकमाँ खबर छ।
दरबारमार्गमा रहेको व्ल्याक आउट रेष्टुरेन्टमा अत्यधिक बिल असुलेको आरोेपमा सञ्चालकलाई दरबारमार्ग प्रहरीले पटक–पटक कारवाहीको दायरामा ल्याएपनि उनले यस्तो अबैध धन्दा बन्द नगरी झन चम्काएका छन् ।
नियमन र कारवाही गर्छु : डीएसपी राठौर
महानगरीय प्रहरी बृत्त सोहखुट्टेको जिम्मेवारी सम्हाले सँगै ठमेल सुर्धारन लागि परेका डीएसपी सोमेन्द्रसिंह राठौरले व्यापारको नाममा धन्दा र कालो बजारी गरेको पाईए कानुनी दायरामा ल्याउने बताएका छन् ।
कानून भन्दा माथि कोहि हुन नसक्ने भन्दै कसैले कानूनको परिपालना सहि ढंगल गरेको पाईन भने त्यसता व्यवसायीलाई आफूले कठघरामा उभ्याउने जिकिर गरे । केहीबारमा लुटपाट र कालोबजारीको गुनासो आफूले पनि सुनेको र त्यसमा प्रहरीले सुक्ष्म रुपमा अध्ययन गरीरहेको बताउँदै प्रमाण भेटेको खण्डमा कडा कारवाही गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्