
नयाँ शक्तिले नेपालले आफ्नो स्थापनाको पूर्वसन्धायमा अनुमातिक आय व्यव विवरण सार्वजनिक गरेको छ । प्रवत्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्ती अनुसार आम्दानी र खर्चको विवरण यस्तो छ :
अनुमानित आर्थिक अवस्था
आम्दानी
- सदस्यता शुल्कः एक लाख १४ हजार पाँच सय ४६ सदस्यको रेकर्ड प्राप्त भएको, जसवाट प्राप्त हुने रकम – रु. एक करोड २० लाख २७ हजार तीन सय ३०
- प्रतिनिधि (१५००) को प्रवेश शुल्क रु. ५०० का दरले रु. सात लाख ५० हजार
- सचिवालय सदस्यहरुबाट रु १०,००० का दरले रु. छ लाख ६० हजार
- अन्तरिम केन्द्रीय परिषदका सदस्यहरुलाई कम्तीमा रु. पाँच हजारमा नघटाई स्वेच्छिक सहयोग गर्न अनुरोध गरिएको छ । जसबाट कम्तिमा रु. १० लाख उठ्ने अनुमान गरिएको छ ।
- समर्थकहरुबाट प्राप्त सहयोग – रु. २५ लाख
- बैंक खातामा हाल बचत रहेको रकम – रु. सात लाख २७ हजार नौ सय ९३
- कूल – एक करोड ७६ लाख ६५ हजार तीन सय २३
(नोटः अन्तरिम केन्द्रीय परिषद्का सदस्यहरुबाट आउने रकम अनुमानित हो, यसका आधारमा कूल रकम केही फरक पर्न सक्छ ।)
खर्च
- प्रचार–प्रसार, प्रकाशन – रु. ३७ लाख
- पार्टी घोषणा सभा व्यवस्थापन (मञ्च लगायत सम्पूर्ण व्यवस्थापन) – रु. २० लाख
- छलफल सत्रको खर्च (दुई दिनको) – रु. १२ लाख
- प्रतिनिधिहरुलाई वसोवास सहितको व्यवस्थापन – रु. १४ लाख
- जनपरिचालन खर्च – रु. १० लाख
- विविध – रु. १२ लाख
कूल रु. एक करोड पाँच लाख
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्