×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ट्याक्सपर्ट’ एमबिलिएन्थ अवार्डको फाइनलमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘ट्याक्सपर्ट’ एमबिलिएन्थ अवार्डको फाइनलमा

Artha Sarokar

२३ जेष्ठ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चार्टड एकाउन्टेन्ट शेषमणि दाहालको ‘कन्सेप्ट’मा बनेको एन्ड्रोइड मोबाइल एप ‘ट्याक्सपर्ट’ दक्षिण एसीयाकै चर्चित अवार्ड  ‘एमबिलिएन्थ अवार्ड’को फाइनलमा पुगेको छ । आज अवार्ड प्रादायक कम्पनीले सुचना जारी गर्दै ‘ट्याक्सपर्ट’ उक्त अवार्डका लागि उत्कृष्ट  एपको सूचीमा  परेको जानकारी दिएको हो ।

उक्त अवार्डको प्रतिष्पर्धामा दक्षिण एसीयाका कुल ८ देशले प्रतिष्पर्धा गरेका थिए । अवार्ड वितरण कार्यक्रम यहि जुलाई २३ मा हुँदैछ । उक्त कार्यक्रमका लागि ‘ट्याक्सपर्ट’ युनिट भारत जाने बताइएको छ । भारतमा गइ आफ्नो एपबारे प्रस्तुती दिएपछि कार्यक्रममा बिजेताको नाम घोषणा हुने बताइएको छ ।
ट्याक्सपर्ट उक्त अवार्डमा छनोट भएपछी एप निर्माता कम्पनी र उक्त एपका परिकल्पनाकार सिए शेषमणि दाहालले खुसी व्यक्ति गर्दै एपलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै एपका परिकल्पनाकार सिए शेषमणि दाहालले एप अवार्ड कार्यक्रमको छनोटमा पर्न सफल पार्नुहुने सबै प्रयोगकर्तालाई धन्यवाद दिएका छन् ।
स्मरण रहोस् उक्त एप ट्याक्सपर्टमा सिए सरोकार डटकम, बिजमांडू डटकम, अर्थ सरोकार डटकम लगायतका चर्चित समाचारपोर्टलहरुका समाचारहरु पनि पढ्न सकिनेछ ।     
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी