काठमाडौँ – दर्तावाला लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को अध्यक्षमा पुन : मोहन राज रेग्मी निर्वाचित भएका छन् । हिजो सम्पन्न भएको निर्वाचानमा प्रतिष्पर्धी मोहन सुबेदीलाई हराउंदै उनी निर्वाचित भएका हुन् । यसअघि पनि उनले अडानको अध्यक्षको पद सम्हालिसकेका थिए ।


यस्तै प्रथम उपाध्यक्ष पदमा कृष्ण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । हिजो सम्पन्न भएको निर्वाचानमा अध्यक्ष पदका लागि निर्वाचन भएको भएपनि पौडेल भने प्रथम उपाध्यक्ष पदमा निर्विरोद निर्वाचित भएका हुन् । पौडेल अडानमा निकै सक्रिय मध्येका एक हुन् । अडानका हरेक जसो कार्यक्रममा निकै सक्रिय भएर भूमिका खेल्ने गरेका पौडेल प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै अडानको उपाध्यक्षमा सुर्य प्रसाद अधिकारी निर्वाचित भएका छन् भने महासचिवमा डिपी दाहाल निर्वाचित भएका छन् । यता प्रथम उपाध्यक्षमा भने कृष्ण पौडेल निर्वाचित भएका छन् ।