×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व अर्थमन्त्री रामशरणलाई सिध्याइदिने धम्कीपछि संसदमा उपद्रो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूर्व अर्थमन्त्री रामशरणलाई सिध्याइदिने धम्कीपछि संसदमा उपद्रो

Artha Sarokar

२१ जेष्ठ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – केपी ओली नेतृत्वको सरकारले नहुने मामा भन्दा कानो मामा नै जाति भने जस्तै गरी औसत प्रकारको बजेट प्रस्तुत गरेपछि काँग्रेस भित्र घर झगडा चुलिएको छ । २०४६ सालपछि एकाध समय बाहेक प्राय सबै समय सरकारमा बसेको काँग्रेसकै कारण मुलुक टाट पल्टिएको छ ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ–उद्योग धन्दाहरु कौडीको भाउमा लिलाम गरिए र ट्रली बस इतिहास भयो , साझा यातायात इतिहास भयो । हेटौडा काठमाडौँ रोपवेको खण्डहरले गिज्याइरहेको छ ।
सात हजार प्रतिव्यक्ति ऋणबाट आज प्रतिव्यक्ति ऋण २२ हजार पुगेको छ । यो सबै काँग्रेसको देन हो । उद्योग धन्दा बन्द गराएर भारतको एकाधिकार बजार बनाउने श्रेय पनि काँग्रेसलाई जान्छ । रोजगारी कटौती गरेर नेपाली युवालाई खाडीमा धकेल्ने जिम्मा पनि काँग्रेस नै लिएको हो ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि सात पटक अर्थमन्त्री बन्दा डा रामशरण महत नामका नुवाकोटे काँग्रेसले नेपालको अर्थतन्त्रलाई रसातलमा पुर्याए । विदेशीलाई खुला रुपमा नेपालको चोटा कोठा चहार्न दिए । जसको प्रतिफल नेपाली जनता अहिले अभाव बेरोजगारीबाट आहात भएका छन् ।
जति पटक अर्थमन्त्री भएपनि डा महतले नेपालको पक्षमा नेपाली जनताको पक्षमा कुनै पनि सिन्को नभाचेको तथ्य स्पष्ट छ । बरु उनले कर छल्ने व्यापारिलाई घरमै बोलाएर छुट दिने वातावरण तयार पारेका थिए । पूथ्वीबहादुर पाण्डेहरुसँग घरायसी नाता जोडेर कालो धनलाई सेतो बनाएको तथ्य पनि काँग्रेसी जनलाई राम्ररी थाहा छ ।
पटक पटक अर्थमन्त्री बन्दा पनि लोकप्रिय कार्यक्रम किन नल्याएको भन्दै काँग्रेसका सांसद दीपक गिरिले डा महतलाई प्रश्न गरे , ए डाक्टर तिम्ले बजेट ल्याउँदा कुन चाहि लोकप्रिय कार्यक्रम ल्याया,ै एक दुई तिन गनेर देखाऊँ त ? गिरि मात्रै होइन चन्द्रकान्त भण्डारी पनि डा महत माथि आइलागे आफू दश पटक मन्त्री बन्दा वरको सिन्को पर नसार्ने अनि अरुलाई दोष लगाएर पानीमाथिको ओभानो बन्ने ?
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी