Skip to content
LAXMI SUNRISE BANK

आइसिटी स्टार्टअप अवार्ड २०१६ हुँदै, अनलाइनबाट मनोनयन दर्ता गर्न सकिने

अर्थ सरोकार

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको अग्रणि म्यागेजिन लिभिङ विथ आइसिटीले ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ आयोजना गर्ने भएको छ । म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सो अवार्ड वितरण कार्यक्रम गर्न लागेको हो ।
आगामी असार ८ गते आयोजना हुने आइसिटी स्टार्टअप अवार्डमा नेपालका उत्कृष्ट ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको म्यागेजिनका सम्पादक राजन लम्सालले जानकारी दिए । अनलाइनबाट दर्ता भएका र जुरी समुहले रिफर गरेका स्टार्टअप कम्पनीहरुबाट उत्कृष्ट १० छान्ने र त्यसलाइ अनलाइन भोटिङ र जुरी समुहको सेलेक्सन प्रोसेसबाट उत्कृष्ट ४ घोषणा गरिने आयोजकले जनाएको छ । 
अवार्ड मनोनयनका लागि इच्छुक आइटी स्टार्टअपले यही जेठ १९ (जुन १) सम्म कम्पनी विवरणसहित अनलाइन एप्लिकेशन फारम भर्नुपर्नेछ । नेपालमा कानुनसम्मत दर्ता भइ ५ वर्ष ननाघेका एवं बजारमा कम्तिमा एउटा प्रोडक्ट वा सेवा उपलब्ध गराएका स्टार्टअप कम्पनीले यो प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । कार्यक्रममा आइसिटी क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका एक व्यत्तिलाइ विशेष सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।  स्मरण रहोस् अर्थ सरोकार डटकम उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनर हो । 

एप्लिकेशन फारम भर्न यहाँ क्लिक गर्नुहोस्

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK