Skip to content
LAXMI SUNRISE BANK

तारा एयरको विमान खसेको दुइ दिनपछि जुम्ला उडेको अर्को विमान पनि दुर्घटना !

अर्थ सरोकार

काठमाडौँ, १४ फागुन ।
१ः ५९ सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार कालिकोट तिलखाया गाविस–२ मा क्र्यास ल्याण्डिङ भएको हो । कालिकोट र जुम्ला रेस्कुयु टोली परिचालन गरिएको छ । ९ जना जीवत रहेको भन्ने खबर प्राप्त भए पनि त्यसको पुष्टि त्यहाँ पुगेर मात्र हुने उनले बताए ।

विमानमा खराबी आएपछि काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको दुई दिनमै अर्को दुर्घटना भएको हो । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २३ जनाको निधन भएको थियो  ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK