Skip to content
LAXMI SUNRISE BANK

प्रहरीको अप्रेशनको विरुद्धमा म्यानपावर कम्पनीहरु आन्दोलनमा !

अर्थ सरोकार

वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । 
प्रहरीले कानुनविपरित म्यानपावरहरुमा छापा मार्ने, व्यवसायीलाई पक्राउ गर्ने, कागजात नियन्त्रणमा जस्ता कार्य गरेको आरोप लगाउँदै संघका महासचिव मोहन गुरुङले आगामी फागुन २२ गतेदेखि अनिश्चितकालका लागि वैदेशिक रोजगारीमा कामदार पठाउन स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए । 
प्रहरीले छापा हानेको विरोधमा आज सबै म्यानपावर बन्द गरि संघको प्रांगणमा बृहत विरोध कार्यक्रम समेत गरिएको छ । सो क्रममा व्यवसायीहरुले वैदेशिक रोजगारसम्बन्धी कुनै कसुर भए त्यसको अनुसन्धान गर्ने अधिकार वैदेशिक रोजगार विभागको भएको तर्क गर्दै प्रहरीको आलोचना गरेका थिए । 
व्यवसायीहरुले नियमविपरित घरपकड गरेर देशको कुल ग्राहस्थ उत्पादनको २९ प्रतिशत योगदान दिने क्षेत्रलाई धरासयी बनाउने काम भइरहेको भन्दै वैदेशिक रोजगारसम्बन्धी, ऐन, नियम, निर्देशिका, लगायतका नीतिहरुलाई तत्काल संशोधन गर्न माग गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK