
पछिल्लो समय हरेक व्यवसाय अनलाइनकरण भईरहेका छन् । कुनै पनि व्यवसाय, संस्था वा सेलिब्रेटी वेव साइट मार्फत आफ्ना ग्राहक तथा सुभचिन्तकमाझ पुगिरहेका छन् । स-साना व्यवसायदेखि अरवौंका व्यवसायहरु आफ्नो व्यापार अनलाइनमार्फत गरिरहेका छन् । अनलाइनबाट व्यवसाय गर्नेहरुका लागि सबैभन्दा आधारभुत चीज भनेकै ‘डोमेन नेम’ हो । र त्यहि डोमेन नेमको नेपालमा लाखौँको व्यापार हुने गरेको तथ्य फेला परेको छ । पत्याउन गाह्रो होला तर यथार्थ यहि हो ‘करिव १००० पर्ने डोमेन २० लाख सम्ममा बिक्रि हुन्छ नेपालमा पनि ।’ केहि बर्षयता नेपालमा डोमेन बेचबिखन उल्लेखनीय रुपमा फष्टाएको मात्र छैन, दिमाग लगाउनेहरुले डोमेन विक्री गरेर करोडभन्दा बढि आम्दानी गर्नेहरु समेत भएका छन् नेपालमा ।