
के तपाइँ आफ्नो बच्चालाइ जोन्सन बेबी पाउडर प्रयोग गर्नुहुन्छ ? यदि प्रयोग गर्नुहुन्छ भने होस गर्नुहोस, तपाइंको बच्चालाई क्यान्सर पनि लाग्न सक्छ । जोन्सनका विभिन्न उतपादन लामो समयसम्म प्रयोग गर्दा अमेरिकामा एक महिलालाई अण्डाशयको क्यान्सर भई ज्याननै गएको खुलासा भएको छ ।
जोन्सन एण्ड जोन्सनको उत्पादनकै कारण क्यान्सर भएपछी अमेरिकामा एक महिलाको परिवारको पक्षमा फैसला गर्दै अमेरिकाको मिसौरी राज्यको स्थानीय अदालतले कम्पनीले पीडित र राज्यलाई गरी कुल ७.२ करोड अमेरिकन डलर बराबरको क्षतिपूर्ति तथा जरीवाना तिर्नुपर्ने फैसला सुनाएको छ ।
एजेन्सीका अन्सुआर ‘ज्याकलिन फाक्स’ नाम गरेकी एक महिलाको सन् २०१५ अक्टोबरमा क्यान्सरका कारण मृत्यु भएको थियो । मृत्युपछि ती महिलाको परिवारले जोन्सनको उत्पादनकै कारण क्यान्सर भएको र यसबाट ज्यान गएको दाबी गर्दै स्थानीय अदालतमा कम्पनीविरुद्ध मुद्धा दायर गरेको थियो ।
एजेन्सीका अन्सुआर उक्त महिला बिगत लामो समयदेखि जोन्सन एण्ड जोन्सन कम्पनीका उत्पादनहरुको प्रयोगकर्ता थिइन् । ती महिलालाई अण्डाशयको क्यान्सर भएको थियो ।अदालतले लामो समय आफ्नो उत्पादन प्रयोग गर्नेलाई क्यान्सर हुने कुरा कम्पनीलाई थाहा भए पनि यो बिषयमा प्रयोगकर्तालाई सचेत नगराइएको गम्भीर आरोप समेत लगाएको छ । यता कम्पनीले भने आफ्नो उत्पादन गुणस्तरीय भएको रटान लगाउंदै आएको छ।
- एजेन्सीको सहयोगमा तयार सामाग्रीको अर्थ सरोकारकर्मीले गरेको नेपाली अनुवाद
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्