
अमेरिकी राष्ट्रपति वाराक ओवामाले कर छुट सम्बन्धि एउटा महत्वपूर्ण विधेयकमा हस्ताक्षर गरेसँगै नेपाली पोसाकको पहुँच अमेरिकाम सहज भएको छ । अमेरिकी सिनेट र कांग्रेस दुबै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रुपमा स्वीकृति प्रदान गर्ने विधेयकमा हिजो ओवामाले हस्ताक्षर गरेका हुन् । ओवामाले हस्ताक्षर गरेसँगै विधेयक ३० दिनपछि लागू हुने छ ।
विधेयक लागू भएसँगै १९८० मा सुरु भएर २००५ मा मल्टी फाइबर एग्रिमेन्ट टर्मिनेटपश्चात् खस्केको नेपाली तयारी पोसाक व्यवसाय पुनः २००२ भन्दा अगाडिको अवस्थामा फर्कने पुर्वाधार तयार भएको छ । सन् २००२ मा ७०० भन्दा बढी उद्योग र पाँच लाख कामदार रहेको क्षेत्र हाल ८० को हाराहारीमा उद्योग, केही हजारको सङ्ख्यामा कामदार छन् भने गलैचापश्चात् वैदेशिक मुद्रा भित्र्याउने दोस्रो व्यवसायका रूपमा रहेको तयारी पोसाक ५० मिलियन डलरको हाराहारीमा झरेको छ।
नयाँ व्यवस्थाबाट अमेरिकामा मात्र २५ अर्ब रुपैयाँको तयारी पोसाकलगायत अन्य सामग्री निर्यात गर्न सक्ने बाटो खुलेको छ । अब लाखौँको सङ्ख्यामा रोजगारी र विदेशी मुद्रासमेत आर्जन गर्न सकिन्छ। नेपाललाई अमेरिकाले प्रदान गर्दै आएको कोटा २००५ मा हटाएपछि लाखौँको सङ्ख्यामा रहेका कामदारहरु केही हजारमा सीमित रहनुका साथै अमेरिकामा नेपाली गार्मेन्टको निर्यात अमेरिकी गार्मेन्ट आयातको ०.०२ प्रतिशतमा सीमित हुन पुगेको थियो ।
कर छुटको सुविधा प्राप्त गर्नका लागि नेपालले ‘अफ्रिकी वृद्धि र अवसर ऐन–१९७४’ मा भएका प्रावधानहरु पूरा गर्नुपर्ने, उत्पादित सामग्री कम्तीमा ३५ प्रतिशत नेपालमा उत्पादन भएको हुनुपर्ने, अन्य देशबाट नेपालमा सामान ल्याएर निर्यात गर्न नसकिने, हस्तकला, नेपालको संस्कृति झल्कने प्रिन्ट भएकालगायतका सामग्री अमेरिका पठाउन सकिने तर सर्वप्रथम अमेरिकामा आयात हुने गार्मेन्टमध्ये १.५ प्रतिशत तयारी पोसाक भन्सार छुटमा ल्याउन सकिने र हरेक वर्ष ०.३३ प्रतिशतको दरले १० वर्षसम्म (२०२५ सम्म) वृद्धि गर्दै लैजाने गरी सुविधा प्रदान गर्दै जानेजस्ता सर्त राखेको छ ।
नेपालले १.५ प्रतिशत तयारी पोसाक भन्सार छुटमा अमेरिका ल्याउन सकेमा नेपालको निर्यात र आर्थिक वृद्धि दर बढ्न सक्नेछ। अमेरिकाले नेपाललाई एलसिडी (अल्पविकसित राष्ट्र) अन्तर्गतको सेक्सन ९१५ को सुविधा प्रदान गर्न लागेको हो। यसअन्तर्गत तयारी पोसाकका ६६ प्रकारका उत्पादनलाई १७ प्रतिशत भन्सार छुट दिनेछ। यसअघि नै नेपाली हस्तकलाका सामान (पस्मिना, फेल्ट, सिल्बर जुएलरी, उनका उत्पादन, घरेलु उद्योगका सामान) लाई जिएसपी सुविधाअन्तर्गत कर छुट प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योगमा उत्पादित सामग्रीहरू ‘फेयर ट्रेड’ हो भनी प्रमाणित गराई विश्वबजारमा प्रवद्र्घन गर्न सकेमा युरोप, अमेरिकालगायतका देशमा यसको ठूलो बजार रहेको छ । यदि सरकारले ‘फेयर ट्रेड’ प्रमाणित गरिदिने सिस्टम बनाएमा नेपाली हस्तकलाको विश्वबजारमा ठूलो अवसर भएको हुँदा व्यवसायी, सरकार सबैले संयुक्त रूपमा ‘फेयर ट्रेड’ प्रमाणित गर्ने परिपाटी विकासका लागि कार्य गर्नु यस क्षेत्रको विकासका लागि अपरिहार्य छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्