Skip to content
LAXMI SUNRISE BANK

मानसिक रोगीलाई थुन्न सहकारीबाट ऋण

अर्थ सरोकार

दोलखा । स्थानीय जुँगु–४ का एक युवक फलामे खोरमा १५ महिनादेखि थुनिएर बसेका छन् । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल यतिबेला फलामे खोरभित्र आफ्ना दिनहरु कटाइरहेका छन् । उनले दिसापिसाब खोरमै गर्ने गरेका छन् । 
परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकै कारण उपचार गर्न छोडेर उनलाई फलामे खोर बनाएर थुन्न परेको श्यामका भाइ छत्रबहादुर भुजेलले बताएका छन् । भाइ छत्रबहादुर भन्छन् – “घरको आर्थिक अवस्था ज्यादै नाजुक छ । सामान्य दालभात खान नै मुस्किल छ । दाइको उपचार गराउँदा गराउँदै भएको रकम सकियो । अहिले औषधि खान छोडेसँगै दाजुले गाउँमा विध्वंश मच्चाउँछ ।” 
गाउँलेको घर अगाडि थुपारिएको परालमा आगो लगाउने, बाटो हिँड्ने मानिसलाई ढुङ्गाले हान्ने जस्ता कार्य गर्ने गरेपछि उनलाई खोरभित्र थुनेर राख्न बाध्य भएको परिवारजनको भनाइ छ । विगत आठ वर्षदेखि सामान्य रहेको उनको अवस्था भूकम्पपछि धेरै बिग्रन पुगेको स्थानीयवासी बताउँछन् । खोरमा थुनेर नराख्दा गाउँभरिका मानिसलाई दुःख दिएका कारण उनको परिवारले जरिवानास्वरुप करिब एक लाख रुपैयाँ तिरी नै सकेको भाइले बताए् । बाहिर बारीमा खोर बनाएर राखिएको र बिहान–बेलुकी जे जस्तो भएको पकाएर खुवाउने गरेको उनकी आमा जगतमाया भुजेल बताउँछिन् । उनी भन्छन् – “मानिस हो । 
पशु सरह खोरमा थुनेर राख्न कसलाई मन हुन्छ र १ पैसा नभएका कारण उपचार गर्न सकिएन ।” छोरो थुन्न फलाम किन्नकै लागि गाउँमा रहेको जनउपकार सहकारी संस्था लिमिटेडबाट २० हजार रुपैयाँ ऋणसमेत लिएको जगतमाया बताउँछिन् । उनलाई फलामको प्वालबाट खाना खान दिने गरिएको छ । वर्गाकार फलामे खोरमा ताला लगाउने चुकुल राखिएको छ । ताला भने कहिल्यै खोल्ने नगरेको आमा जगतमाया बताउँछिन् । अहिले परिवारजन भने कोही मनकारीले उपचार गरिदि 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK