×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरमा सहकारी बैंकको अन्तरक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनकपुरमा सहकारी बैंकको अन्तरक्रिया

Artha Sarokar

३ फाल्गुन २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर । राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवालाई थप प्रभावकारीताका लागि सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरुसंगको सुझाव संकलन अभियानलाई तिब्रता दिएको छ । बैंकमा आवद्ध सहकारी संघ संस्थाहरुको संस्थागत विकास तथा संस्थामा आवद्ध सदस्यहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणतर्फ आकर्षित गरी आयआर्जन वृृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । 
सहकारीमार्फत मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सुझाव लिनका लागि कार्यक्रम प्रभावकारी बनेको बैंकले जनाएको छ । बैंकको जनकपुर शाखाद्वारा आयोजित कार्यक्रमका सहभागीहरुले सहकारी बैंक मार्फत आम सहकारीकर्मीहरुको क्षमता तथा दक्षता अभिवृद्धिका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । वित्तिय क्षेत्रसंगै सहकारी अभियानलाई थप प्रभावकारी बनाउनका लागि देशव्यापी सञ्जाल भएको, सहकारी क्षेत्रको शसक्त संगठनका रुपमा स्थापित सहकारी बैंकको भूमिका प्रभावकारी हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए । 
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सदस्य सहकारी संघ संस्थाहरु मार्फत आर्थिक विकास र सामाजिक न्यायका लागि बैंकको भूमिका प्रभावकारी बन्दै गएको बताए । बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारी मार्फत गरिवी निवारणका लागि राज्यले सही नीति लिन सकेमा त्यसलाई प्रभावकारी बनाउन सहकारी बैंक अग्रमोर्चामा उभिने बताए । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी