Skip to content
LAXMI SUNRISE BANK

आयल निगम भलबारी डिपोको कागजपत्र अख्तियारको नियन्त्रणमा

अर्थ सरोकार

नेपाल आयल निगमको भलबारी डिपोको महत्वपूर्ण कागजात अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । तेल वितरणमा चरम लापरबाही गरेको भन्ने विभिन्न गुनासो तथा अख्तियारले नै गरेको अध्ययनमा समेत अनियमितताको आशंका भएपछि अख्तियारको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटवलले डिपोका कागजातहरू नियन्त्रणमा लिएको हो । अख्तियारले इन्धन आपूर्ति तथा वितरणसँग सम्बन्धित कागजत्रपत्रहरूसँगै अन्य महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ । अख्तियारको टोलीले भलबारी डिपोको लेखा शाखालगायत विभिन्न शाखा अनुगमन तथा निरीक्षण गरी कार्यालयको विभिन्न रबरस्ट्याम्प, प्याड र केही कर्मचारीको व्यक्तिगत फाइल समेत नियन्त्रणमा लिएको छ । सो डिपो निगमका अन्य डिपोमध्ये बढी विवादमा आइरहने डिपो हो भने त्यहाँ व्यापक अनियमितता भएको प्रमाणसहित विभिन्न समयमा पत्रपत्रिकामा समेत समाचार आउनथालेपछि अख्तियारले पनि आफ्नो कारबाहीलाई अगाडि बढाएको हो ।
निजी कार तथा जिपलाई लटअनुसार तीन दिन पेट्रोल 
काठमाडौं । नेपाल आयल निगमले निजी कार तथा जिपलाई तीन दिन पेट्रोल वितरण गर्ने भएको छ । बुधबारदेखि पुस २७ गतेसम्म वितरण गरिने पेट्रोलको लागि कार तथा जिपले मोटरसाइकललाई जस्तै लटअनुसार दिने तयारी गरिएको निगमले जनाएको छ । निगमले दिएको जानकारीअनुसार पुस २२, २४ र २७ गते निजी कार तथा जिपलाई १५ लिटरका दरले तेल वितरण गर्नलागिएको हो । यसरी निजी सवारीको लागि तीन दिनमा झण्डै १३ लाख लिटर पेट्रोल वितरण गरिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । तीन तहमा छुट्याइएको सवारीहरूमध्ये सुरूका ६ लटसम्म पहिलो दिन अर्थात् २२ पुसमा, दोस्रो दिन अर्थात् २४ गते शुक्रबार ७ देखि १० नम्बर लटका र अन्तिम दिन २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले तेल भर्न पाउने निगमले जनाएको छ । वितरण गर्नुभन्दा एक दिनअघि नै पम्पमा तेल पु¥याइने निगमले जनाएको छ भने बिहान ९ बजेदेखि पम्पमा तेल वितरण सुरु हुनेछ । तेल भर्न नवीकरण भएको ब्लु–बुक अनिवार्य गरिएको आयल निगमले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK