
नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लागु हुने गरी लोडसेडिङ बढाउने भएको छ । अहिले दैनिक ११ घण्टा लोडसेडिङ भइरहेकोमा प्राधिकरणले एक घण्टा बढाएर दैनिक १५ घण्टासम्म पुर्याउन लागेको हो । अब हप्ताको ८६ घण्टा बत्ती जानेछ ।
प्राधिकरणले पछिल्लो दुई हप्तामा तेस्रो पटक लोडसेडिङको समयावधि बढाएको छ । विद्युत प्राधिकरणका अनुसार अब साताको तीन दिन दैनक १३र१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन ।
प्राधिकरणले यसअघि २०६५ सालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । यसपटक दैनिक १५ घण्टासम्म लोडसेडिङ पुर्याइएको छ ।
प्राधिकरणले भारतबाट पनि बिजुली आयात गरी वितरण गरिरहेको छ । प्राधिकरणले ढल्केवर(मुजफ्फपुर प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गरी छिट्टै नै भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने तयारी गरिरहेको छ ।
भारतको नाकाबन्दीका कारण इन्धनको अन्य विकल्प नहुँदा यो वर्ष बिजुलीको माग उच्च छ । ग्यासको अभाव हुँदा मानिसहरुले विद्युतबाट खाना पकाउने गरेकाले बिजुलीको माग बढेको हो ।