Skip to content
LAXMI SUNRISE BANK

नेपाल र भारतमा शक्तिशाली भूकम्पको धक्का

अर्थ सरोकार

सोमबार बिहानै नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का  महसुस भएको  छ ।
भारतको  पश्चिमबंगालस्थित मनिपुरलाई केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ५३ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको  छ । 


पृथ्वीको सतहबाट १० किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश  भाग  तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।


भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं  उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ । 


समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही  भूभागमा भौतिक क्षति पु¥याएको छ । क्षतिको विवरण भने आइसकेको  छैन।

पूर्वोत्तर भारतमा समेत भूकम्पको झट्का महसुस गरिएको छ । म्यान्मारमा   ६.७ मापन गरिएको छ । असम, बंगाल, अरुणाञ्चल, बिहार, झारखन्डसहितका इलाका झट्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK