Skip to content
LAXMI SUNRISE BANK

शुक्रबारदेखि ३ लाख ८० हजार लिटर डिजेल बाड्दै निगम, अर्को सातादेखि निजी सवारीलाई पनि पेट्रोल

अर्थ सरोकार

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार देखि उपत्यकाका विभिन्न पम्पमार्फत तीन लाख ८० हजार लिटर डिजेल वितरण गर्ने भएको हो ।

पछिल्लो समयमा विभिन्न नाकाबाट नेपाल भित्रिएका इन्धनका गाडी मध्ये डिजेलको बढी आयात भएको र निगमसँग पर्याप्त मात्रामा डिलेज थुप्रिएपछि पम्पमार्फत सो परिमाणमा डिजेल वितरण गर्ने भएको हो ।

सोमबारसम्ममा निगमसँग एक करोड २० लाख लिटर डिजेल रहेको थियो तर मंगलबार र बुधबार थप डिजेल भित्रिएपछि शुक्रवारबाट वितरण थालिने निगमले जनाएको छ ।

निगम र वितरण विभागविच विहिबार भएको छलफलले शुत्रबारदेखि डिजेल वितरण बढाउने निर्णय गरेको हो ।
निगमले आगामी सातादेखि चार पाँग्रेसवारी साधनलाई पेट्रोल पनि वितरण गर्ने योजना बनाएको बताएको छ ।
निमगको थानकोट डिपोमा पेट्रोलको भण्डारण पनि बढेपछि सो योजना बनाएको निगमले जनाएको छ । अर्को साता पहिलो चरणमा चार पाँग्रे र दोस्रो चरणमा दुई पाँग्रे सवारी साधनलाई पेट्रोल वितरण गर्न लागिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK