Skip to content
LAXMI SUNRISE BANK

करोड बोकेर धारा तेलका साहुजी न्यायाधीशका घरतिर

अर्थ सरोकार

काठमाडौंका प्रहरी प्रमुख विक्रम सिंह थापाले करोडको अफर लत्याएपछि सरकारी वकिल किन्न हिडेका दुगडका बिचौलियाहरू पछिल्लो समय काठमाडौंका जिल्ला न्यायाधीशहरूको घर ठेगाना खोज्दै हिडेको साँघु साप्ताहिकमा खबर छ ।

केएल दुगडको उत्पादन खाने तेलको कृत्रिम अभाव सिर्जना गरेर संस्थागत रूपमै कालो बजारी गरेको प्रमाणित भएपछि विक्रम सिंह थापाले दुगडको गोदाममै छापा मारेका थिए । यसबीचमा मुद्दा नचलाउन र पक्राउ नगर्न भन्दै दुगडले सरकारका उच्च पदस्थ व्यक्तिहरूमार्फत प्रयास गरेपनि सफल भएका छैनन् ।

मन्त्रीले केएल दुगडको कालोबजारी काण्ड जोगाउन नसकेपछि उनले काठमाण्डुका एसएसपी थापालाई करोडको अफर गरेको स्रोतले जनाएको छ । तर, कालोबजारी गरेर गरिब जनताको चुल्होमा हमला गरेको भन्दै थापा मिडियामा समेत झन् कडा रुपमा प्रस्तुत भएपछि दुगड समूहको विचौलिया बनेर सुशील नाहाटा नामका एकजना दलाल पैसाको थौलो बोकेर हिडेंका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK