Skip to content
LAXMI SUNRISE BANK

इन्भेष्टमेन्ट बैंकको लगानी शंकास्पद

अर्थ सरोकार

काठमाडौं । “क” बर्गको राष्ट्रिय बाणिज्य बैंकको रुपमा बित्तिय कारोबार गर्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकको केही लगानी शंस्कापद देखिएका छन् । साथै कालोधनलाई व्यवस्थापन गर्न उक्त बैंकमा नेपालका ठूला राजनीतिज्ञहरुको आफन्त र परिवारका सदस्यको नाममा लगानी भएको देखिएको छ ।

पृथ्वी बहादुर पाण्डे अध्यक्ष रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा पाण्डेकै नातेदार ज्योति प्रकाश पाण्डे कार्यरत रहेका छन् । पाण्डे परिवारले लामो समयदेखि सञ्चालन गर्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकका अघोषित सल्लाहकार भने पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत हुन् । उनी पाण्डेका सम्धी समेत हुन् ।

सोही कारण गत बैशाख १२ मा गएको बिनाशकारी भूकम्पमा नेपाल इन्भेष्टमेन्ट बैंकले भूकम्प पीडितको नाममा दिने भनेको जस्ता सबैभन्दा पहिला तत्कालिन अर्थमन्त्री पाण्डेको गृहजिल्लामा पठाइएको थियो । तत्कालिन मन्त्री महतको समेत घुमाउरो पारामा लगानी रहेको बैंकको नाममा डा. महतका पिएले समेत ठगी गर्ने योजना बनाउँदै जस्ता पठाएको बहाना बनाएर राजधानीमा नै फर्काउने प्रयास गर्दा स्थानीयले पक्राउ गरेका थिए ।

सो प्रकरणमा बैंक समेत विवादमा परेको थियो । नेपाल राष्ट्र बैंकले पारिवारिक बैंंक बनाउन नपाइने भन्दै कडा अभियान चालेको भएपनि इन्भेष्टमेन्ट बैंकलाई छुन सकेको छैन । नेपालका बैंकिङ क्षेत्रमा आफूलाई सबैभन्दा अगाडि रहेको दावी गर्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको शेयर लगानी समेत शंकाका दृष्टिकोणबाट हेरिँदै आएको छ ।

पूर्वअर्थमन्त्री डा. महतसहितका नेपालका थुप्रै नेताहरु तथा उच्च ओहदामा रहेका व्यक्तिहरुले कालोधनलाई सेतो बनाउन उक्त बैंक उपयोग गर्ने गरेका छन् ।

कूल चार अर्ब ७६ करोड ८७ लाख १४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंककै कारण वर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकहरुको चुक्ता पुँजी बृद्धि गरेको यसअघि नै खुलासा भइसकेको छ । उक्त चुक्तापुँजी मध्ये कति रकम कालोधन र डा. महत जस्तै उच्च ओहदामा पुगेका व्यक्तिले लगानी गरेका छन् भन्ने कुरा बैंकले सार्वजनिक गरेको छैन ।
जनसवालबाट

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK