Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकका हाकिम थानेश्वर पन्थीले रमेश भट्टराईलाई साक्षी राखेर टीकामायासँग लिखित सहमति गरेको खुलासा

अर्थ सरोकार

कृषि विकास बैंक पुतलीसडक शाखाका प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख थानेश्वर पन्थी र ड्राइभर भाइचा महर्जनले महिला ऋणी टीकामाया गोलेलाई जबर्जस्ती करणी गरेको घटनामा पीडितको बयान र करणी गरेको भिडियोलाई प्रहरी प्रशासनले पर्याप्त प्रमाण नमाने पनि आर्थिक दैनिकले अर्को एउटा लिखित प्रमाण फेला पारेको छ । गत २०७१ साल फागुन २९ गते कृषि विकास बैंक लि. शाखा कार्यालय पुतलीसडकमा कार्यरत थानेश्वर पन्थी र पीडित टीकामाया गोलेबीच आजसम्म भएका उजुरबाजुर रद्द गर्ने र कुनै दोषारोपण नगर्ने भनी दोहोरो लिखित सहमति समेत भएको थियो । फागुन २९ गते उक्त सहमति भएपछि टीकामायाको गर्भमा रहेको शाखाप्रमुख गेहनाथ पौडेल, थानेश्वर पन्थी वा ड्राइभर भाइचा महर्जनमध्ये कुनैको तर एकीन नभएको भ्रूण गर्भपतन गर्न लगाइएको थियो । पीडकहरुकै योजनाअनुसार टीकामायाले जोरपाटीमा रहेको नेवारथरकी एक महिलाको मेडिकलमा गएर चैत ५ गते गर्भपतनको औषधि खाएर भू्रणहत्या गरिएको थियो । 
राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ सुकेधारामा उनीहरुबीच उक्त लिखित सहमति भएको थियो । उक्त लिखित सहमतिमा टीकामाया र थानेश्वर पन्थी दुवैले सहीछाप गरेका छन् । रोहवर साक्षीमा जिल्ला अर्घाखाँची मैदान गाविस वडा नंं. २ बस्ने वर्ष ४३ को रमेश भट्टराई र राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले सहीछाप गरेका छन् । साक्षी बस्ने भट्टराई टीकामायाको टीका लगाएको दाजु हुन् र उनै भट्टराई टीकामायाको नाममा कर्जा लिएर आफैँ चलाउने, ढुकुटी खेलाउने, नषालु पदार्थ खुवाएर पन्थी र पौडेललाई टीकामायालाई भिडाउने, उनीहरुलाई जोगाउन टीकामायालाई ड्राइभरसँग इज्जत लुटेको भिडियो बनाएर सार्वजनिकसम्म गराउनेलगायतका अपराधका सूत्रधार मानिन्छन् । 
पीडित टीकामायाले २०७१ माघ २८ गते आफ्नो अस्मिता लुटिएको बारे लुटेराहरु थानेश्वर पन्थी र ड्राइभर भाइकाजी महर्जनलाई कारबाही गरिदिन निवेदन दिएकी थिइन् । निवेदनमा उनले उल्लेख गरेकी छिन्, ‘सुरु ऋण प्राप्त गर्ने अवस्थादेखि नै निजद्वयबाट विभिन्न प्रलोभनमा पारी, देखाई हालसम्म पनि पटक–पटक शारीरिक, आर्थिक र मानसिक तनाव दिई निजहरुबाट मेरो शोषण भएको हुँदा सोको यथेष्ट प्रमाणसहित यो निवेदन जानकारी गराउन आएकी छु ।’    सोही निवेदनका आधारमा उक्त लिखित सहमति भएको हो । सो सहमतिले नै बैंकका अधिकारीमाथि टीकामायाले लगाएको आरोप पुष्टि भएको छ ।      आर्थिक दैनिक 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK