×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार डटकम लिएर हामी आयौँ है !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अर्थ सरोकार डटकम लिएर हामी आयौँ है !

Artha Sarokar

१६ पुष २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका वा अनलाइनहरु नेपालमा प्रशस्त छन् । तर हामी केहि फरक गर्ने सोचका साथ् नेपाली बजारमा आएका छौं । 
संस्थागत हिसाबले अर्थ सरोकार डटकम  शुभम मिडिया प्रालिद्वारा सन्चालित अनलाइन पत्रिका हो । शुभम् मिडिया प्रालिले लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गर्नेगरी अनलाइन पत्रिका सिए सरोकार डटकम पनि सन्चालन गर्छ र उक्त अनलाइन लेखा व्यवसायी र सिए अध्ययनरत विद्यार्थीहरु माझ निकै नै लोकप्रिय छ । तर हामी समाचार पोर्टल मात्र नभई एउटा अभियान हौँ । नेपाली अर्थतन्त्रको समृद्धि हाम्रो मुख्य उदेश्य हो।
मनहरु इन्टरनेटसँग जोडिने क्रम बढ्दो छ । इन्टरनेट संसारसँग जोडिएको छ । त्यसैले संसार एउटा सानो विद्युतीय सञ्चारग्राममा रुपान्तरण हुँदैछ । विकसित मुलकले गरेका प्रगति क्षणभरमै इन्टरनेटमार्फत अविकसित र अल्पविकसित मुलुकमा पुग्छ भने अविकसित र अल्पविकसित मुलुकले पनि आफ्नो समस्या इन्टरनेटकै माध्यमबाट बाहिर ल्याउन सक्छन् । कुनै महासभा, भेलामा समस्या सम्बोधनको फाइल पढिरहन पर्दैन । नेपालमा पनि सूचनाको क्रान्ति हुँदैछ । स्मार्ट फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ । नयाँ प्रविधि र प्रविधिले भित्र्याएका सुविधामा नेपाली समाज घुलमिल हुँदैछ । र त नेपाली सिए बजारमा केहि भए पनि योगदान गरौँ भन्ने उदेश्यका साथ् हामी अनलाइनमा छौं।

हामी आर्थिक क्षेत्रका फगत विकृतिको सपाट तस्बिर ल्याएर अनलाइनको भिजिटर बढाउने उद्धेश्यबाट प्रेरित छैनौँ । तर, नेपाली लेखा व्यवसायका विकृति निराकरणका लागि हातेमालो गर्नेछौँ । नेपाली सिए क्षेत्रका हरेक  सूचना हामी समयमै  दिनेछौँ । सूचना पाएपछि हरेक नागरिकले धारणा आफैँ बनाउनेछन् र फैसला गर्नेछन् ।

नेपाली आर्थिक क्षेत्रका हरेक पक्षमा तपाईंको धारणा, फैसला नयाँ नेपाल निर्माणका लागि एउटा माइलस्टोन हुन सक्छ । विकृतिका तस्बिर बाँडेर हामी समाजलाई अरु भ्रष्टिकरणमा लैजान चाहन्नौँ तर बदिलिँदो समाजका सपाट तस्बिरलाई ल्याएर मानवीय नाताले भूलसुधार गर्दै प्रगतिमा लम्किन सकेको जोडबल गर्नेछौँ । यसका लागि काठमाडौंमा सम्पादन, व्यवस्थापन, प्रविधि विभाग २४ सै घण्टा क्रियाशील रहनेछ भने देशभर हाम्रा सहकर्मीहरु कतै पार्टटाइम त कतै फूलटाइम नयाँ विषयवस्तु दिन हरदम क्रियाशील छन् ।

नेपालबाहिर नेपाली समुदायसँग जोडिएका हाम्रा शुभचिन्तक, शुभेच्छु र सहकर्मी छन् । आमनागरिकलाई आमसञ्चारको माध्यमबाट सिर्जनशील, सचेत, क्रियाशील र राष्ट्रवादी बनाउनुसँगै मुलुकमा अवसरका ढोका खोल्नु पनि हाम्रो ध्येय हुनेछ । निरास, उदाश, उमंगहीन फुंग उडेका अनुहारमा आसाको रक्तसञ्चार गराउन सक्नु पनि हाम्रो ठूलै उपलब्धी हुनेछ । सन् २०१५ सालको हार्दिक मंगलमय शुभकामना।

सुरज प्याकुरेल 
प्रधान  सम्पादक 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी