
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता ह्रदयेश त्रिपाठीले नकाबान्दीको नाममा बालुबाटारको संलग्नतामा इन्धन तस्करी भएको आरोप लगाएका छन् । उनले शनिबार राती इमेज सम्वादसँगको कुराकानीमा यस्तो अरोप लगाएका हुन् ।
नाकाबन्दीका नाममा तराई–मधेसमा दिउँसो आन्दोलन र राती–राती इन्धन तस्करी भैरहेको आरोप लागिरहेका बेला त्रिपाठीको यस्तो भनाई सार्वजनिक भएको हो । उनले तराई–मधेसको आन्दोलनप्रति सरकार बेखवर भएको आरोप लगाउँदै बालुबाटारको संम्लग्नतामा डनहरुको सहभागितामा इन्धन तस्करी भएको प्रमाण आफुसँग भएको दाबी गरे ।
उनले आयल निगम आफैँ पनि इन्धन तस्करीमा संलग्न भएको समेत आरोप लगाए । आयल निगमका कार्यकारी निर्देशक नै अहिले इन्धन तस्करीमा संलग्न छन्,’ उनले भने, ‘कार्यकारी निर्देशन गोपाल खड्काको प्रत्यक्ष निर्देशनमा भलबारी नाकाबाट इन्धन भरेर ट्याङ्कर राजधानी पठाउने काम भएको छ, तर सरकार किन मौन ?’ उनले त्यहाँ पनि सरकारको संलग्नता रहेको हुन सक्ने अनुमान गरे ।
राज्यले मधेस आन्दोलनका बारेमा कुनै पनि चासो नराखेको भन्दै आक्रोश व्यक्त गरे । ‘म सुन्दै छु, राज्य तराई–मधेसमा सेना परिचालन गर्ने र मधेस आन्दोलनलाई दमन गर्ने तयारीमा छ,’ उनले भने, ‘त्यसले झ्न ठूलो समस्या निम्त्याउँछ ।’
त्रिपाठीले आन्दोलनका क्रममा भएका उदण्ड गतिविधिका बारेमा आफुहरु जानकार भएको भन्दै त्यस बारेमा नैतिक रुपमा क्षमा मागे । ‘एम्बुलेन्समा आगो लगाउने र विरामीलाई आक्रमण गर्ने हाम्रो उदेश्य होइन,’ उनले भने, ‘हामी आन्दोलनमा कुनै उडण्ड काम भएका छन् भने नैतिक जिम्मेवारी लिन्छौँ, हाम्रो आन्दोलन नै नैतिक बलमा चलेको छ ।’
उनले अरु राजनीतिक दल अनैतिक भए भन्दैमा आफुहरु अनैतिक नबन्ने पनि जानकारी दिए । उनले केही जिल्ला फुटाएर सीमांकन हेरफेर गरेको ललिपप दिन सरकार लागि परेको भन्दै उनले ललिपपबाट नलोभिने पनि दाबी गरे । ‘हाम्रो आन्दोलन जमिन्दारी प्रथाको अन्त्यका लागि हो,’ उनले भने, ‘राज्यको ठेका लिएका ठेकेदारीहरुले अहिले आन्दोलनमा बल प्रयोग गर्ने प्रयास गरेका छन्, त्यो सफल हुँदैन ।’ उनले केही जिल्ला टुक्र्याएर सीमांकन हेरफेरको नाटक गरे पनि मधेसको आन्दोलन लक्षमा नपुगि अन्त्य नहुने दाबी गरे । -नेप्लिज डट ओआरजीमा खबर छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्