×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व पश्चिम राजमार्गमा रातभर झडप,२ जना प्रर्दशनकारीको मृत्यु, अनिश्चितकालीन कर्फ्यु लगाइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूर्व पश्चिम राजमार्गमा रातभर झडप,२ जना प्रर्दशनकारीको मृत्यु, अनिश्चितकालीन कर्फ्यु लगाइयो

Artha Sarokar

६ मंसिर २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


 पूर्व
पश्चिम राजमार्ग अन्तरगत सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच
भएको झडपमा २ जनाको मृत्यु भएको छ । राजमार्ग अबरोध गर्न बसेका मोर्चाका
कार्यकतालाई हटाउने क्रममा स्थिती तनाबपूर्ण बनेपछि प्रहरीले चलाएको गोली
लागेर उनीहरुको मृत्यु भएको  छ।

 सप्तरीको डाडा गाविसका
विरेन्द्र राम र बधुवा गाविसका नागेश्वर यादवको मृत्यु भएको हो । झडपमा डेढ
दर्जनभन्दा बढि घाईते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।

अबरोध
हटाउन सप्तरीका विभिन्न क्षेत्रमा ५ सय राउण्ड भन्दा बढि हवाई फायर गर्नु
परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा रातभरी प्रदर्शन भएपछि राजधानी जान
लागेका सयौ यात्रुबाहक बस सुनसरीको इटहरीमै रोकिएका छन् । प्रदर्शनका कारण
कुनै पनि सवारी साधनलाई स्कर्टिङ्ग गर्न नसकिएको प्रशासनले जनाएको छ ।

प्रहरीले
केहि महिना यता सो क्षेत्रमा राति स्कर्टिङ्ग मार्फत सवारी साधनलाई
गन्तब्यमा पुर्‍याउदै आएको थियो । पूर्व सप्तरीदेखि महोत्तरीसम्म
राजमार्गमा रातभर प्रदर्शन भएको  छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी