
हाल नेपाल राष्ट्र बैंकले सम्हालिरहेको नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स १० गुणा सस्तोमा बेचिने भएको छ। केहि समय अगाडी तत्कालिन अध्यक्ष योगेन्द्र प्रसाद श्रेष्ठले ध्वस्त पारेको कम्पनी यसरी सस्तोमा बेचिन लागिएको हो ।
तत्कालिन अध्यक्ष श्रेष्ठले करिव २ अर्व उक्त संस्थाबाट घोटाला गरेका थिए । उक्त रकम उठ्ने सम्भावना अन्तत: सुन्य भएको छ । कुनैबेला शेयरको मूल्य प्रतिकित्ता १९५० पुगेको उक्त कम्पनीमा त्यतिबेला सोहि मूल्य तिरेर शेयर किन्नेहरू चुर्लुम्म डुबेका छन् ।
अहिले फाइनान्स कम्पनी बन्न समेत अयोग्य भएको उक्त संस्था कुनै बेला बाणिज्य बैंकको लाइसेन्स लिने अन्तिम तयारीमा समेत पुगेको थियो । संस्थाका संस्थापक योगेन्द्र श्रेष्ठले उक्त संस्थाबाट रकम घोटाला गरी फरार भएका थिए भने पछी उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनले नेपालमा पनि २ बर्ष जेल जीवन बिताएर पछि छुटेका थिए । यद्यपि उनले उक्त ठगी मुद्धा जितेका भने छैनन् । उनीविरुद्ध बैंकिंङ कसुरका थुप्रै मुद्धाहरु अदालतमा विचाराधिन छन् ।
नेपाल राष्ट्र बैंकले उक्त संस्था गाभ्ने वा गाभिने प्राप्ति सम्बन्धि सार्वजनिक सुचना समेत निकालिसकेको छ। उक्त संस्थालाई कसैको जिम्मा लाएर उक्त संस्था सम्हाल्ने जिम्मेवारीबाट मुक्त हुने सोचले राष्ट्र बैंकले यस्तो सुचना निकालेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्