
‘तितो सत्य’का निर्माता दिपकराज गिरीले भने-‘अब तिनै वटा सिरियल प्रशारण बन्द हुने संभावना ८० प्रतिशत छ ।’ केही आशा रहेपनि त्यो पुरा हुने संभावना कमजोर रहेको उनको भनाई छ ।
‘जिरे खुर्सानी’का निर्देशक तथा कलाकार जितु नेपाल ३ महिनादेखि अमेरिकामा कार्यक्रममा व्यस्त छन् । यता ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल भने समाजसेवा र भुकम्प पीडितका लागि घर बनाउनमा नै व्यस्त थिए ।
तर, मिडिया हबसँगको रकम लफडाले अब भने यी चर्चित ३ सिरियलको प्रशारण बन्द हुने अवस्थामा पुगेका छन् ।
निर्देशक तथा कलाकार दिपकराज गिरी भन्छन्-‘अब चलचित्र निर्माणमा नै अगाडि बढ्छु ।’