×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाकाबन्दीको समयमा एभेरेष्ट बैंकले पनि दियो तनाव!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाकाबन्दीको समयमा एभेरेष्ट बैंकले पनि दियो तनाव!

Artha Sarokar

१९ कार्तिक २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नाकाबन्दीको समयमा जनतालाइ सास्ती मात्र छ  । जनतासँग पैसा कम छ  । कारण सम्पूर्ण व्यवसाय चौपट छ  । यहि बेलामा बिगत लामो समयदेखि जनताले भोगी आएको समस्याको दिर्घकालिन समाधान नहुँदा जनतालाई हैरानी परेको छ  ।
‘एटिएममा पैसा निकाल्दा आएन तर खाताबाट पैसा काटियो।’ हामीसँग गुनासो पोख्दै  एक विद्यार्थीले भने, ‘ नाकाबन्दीले घरमा बाआमासँग पैसा छैन  । खातामा ३००० थियो, ग्लोबल आइएमई बैंकको एटिएमबाट निकाल्न खोजें पैसा आएन तर खाताबाट पैसा काटेछ । नाकाबन्दीको बेलामा अव आफुसँग पैसा छैन । एभेरेष्ट बैंकसँग कुरा गर्दा उक्त पैसा फिर्ता गर्न अब एक महिना लाग्छ भन्ने जवाफ आयो  । नाकाबन्दीको समयमा पैसा नभएर तनाव छ  ।’
यस अघि नाकाबन्दीकै समयमा काठमाडौँको सेन्चुरी  बैंकले जनता ठगिरहेको समाचार समेत बाहिरिएको थियो  । नाकाबन्दीको समयमा बैंकहरु सजग नहुँदा नागरिकले दुख पाएको गुनासो ह्वात्तै बढ्न थालेका छन् । यसबारे सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरि छ  ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी