Skip to content
LAXMI SUNRISE BANK

नाकाबन्दीको समयमा एभेरेष्ट बैंकले पनि दियो तनाव!

अर्थ सरोकार

नाकाबन्दीको समयमा जनतालाइ सास्ती मात्र छ  । जनतासँग पैसा कम छ  । कारण सम्पूर्ण व्यवसाय चौपट छ  । यहि बेलामा बिगत लामो समयदेखि जनताले भोगी आएको समस्याको दिर्घकालिन समाधान नहुँदा जनतालाई हैरानी परेको छ  ।
‘एटिएममा पैसा निकाल्दा आएन तर खाताबाट पैसा काटियो।’ हामीसँग गुनासो पोख्दै  एक विद्यार्थीले भने, ‘ नाकाबन्दीले घरमा बाआमासँग पैसा छैन  । खातामा ३००० थियो, ग्लोबल आइएमई बैंकको एटिएमबाट निकाल्न खोजें पैसा आएन तर खाताबाट पैसा काटेछ । नाकाबन्दीको बेलामा अव आफुसँग पैसा छैन । एभेरेष्ट बैंकसँग कुरा गर्दा उक्त पैसा फिर्ता गर्न अब एक महिना लाग्छ भन्ने जवाफ आयो  । नाकाबन्दीको समयमा पैसा नभएर तनाव छ  ।’
यस अघि नाकाबन्दीकै समयमा काठमाडौँको सेन्चुरी  बैंकले जनता ठगिरहेको समाचार समेत बाहिरिएको थियो  । नाकाबन्दीको समयमा बैंकहरु सजग नहुँदा नागरिकले दुख पाएको गुनासो ह्वात्तै बढ्न थालेका छन् । यसबारे सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरि छ  ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK