
उच्च पदस्थ व्यक्तिसँग चिनजान रहेको भ्रममा पारी सरकारी जागिर लगाई दिने भन्दै ठगी गर्ने काठमाडौ तारकेश्वरका राजकुमार चापागाईलाई प्रहरीले बिहीबार काठमाडौँको बालाजुबाट पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट सरकारी जागिरको प्रलोभनमा उनले ललितपुरका आठजनाबाट ४२ लाख ५३ हजार रुपैयाँ लिइसकेको प्रहरीले जनाएको छ । अभियुक्त चापागाई यसअघि पनि पटक पटक ठगी मुद्दामा पक्राउमा परेका थिए । पछिल्लो पटक उनी गत चैत ४ गते काठमाडौँ जिल्ला अदालतको आदेशानुसार ठगी मुद्दामा चार लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
उनले सरकारी जागिर लगाइदिन्छु भन्दै ललितपुरकी दीपा महर्जनसँग २५ लाख ५० हजार रुपैयाँ, रिना महर्जनसँग सात लाख रुपैयाँ, ज्ञानीमाया तामाङसँगबाट पाँच लाख ३० हजार रुपैयाँ, ममिता श्रेष्ठसँग दुई लाख ३० हजार रुपैयाँ, रिमा मगरसँग ९३ हजार रुपैयाँ, देव राजथलासँग ९० हजार रुपैयाँ, राजकुमार वलामीसँग ५० हजार रुपैयाँ र विमला शाहबाट १० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
उनीहरूसँग ठगी गर्ने क्रममा चापागाईले करिब १२ वटा सिमकार्ड प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको ललितपुरका प्रहरी प्रवक्ता दयानिधि ज्ञवालीले बताए । पीडित व्यक्तिलाई सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा लैजाने र केही व्यक्तिलाई भेटाउने निहुँमा जागिर खान पैसा दिनुपर्छ भनी ती व्यक्तिलाई ठगेको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले बताए ।
उनका अनुसार सरकारकै केही उच्च पदस्थ अधिकारी तथा सुरक्षा निकायकै केही व्यक्तिको नामबाटसमेत उनले नक्कली नाम र नक्कली पदबाट फोन गर्ने गरेको समेत खुलेको छ । प्रवक्ता ज्ञवालीका अनुसार उनले ठगी गरेका व्यक्ति अरु पनि थुप्रै हुन सक्ने र शुक्रबार एकजना पीडित सम्पर्कमा आएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्