×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी जागिर लगाई दिन्छु भन्दै ४२ लाख ठगी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारी जागिर लगाई दिन्छु भन्दै ४२ लाख ठगी

Artha Sarokar

२९ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

उच्च पदस्थ व्यक्तिसँग चिनजान रहेको भ्रममा पारी सरकारी जागिर लगाई दिने भन्दै ठगी गर्ने काठमाडौ तारकेश्वरका राजकुमार चापागाईलाई प्रहरीले बिहीबार काठमाडौँको बालाजुबाट पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट सरकारी जागिरको प्रलोभनमा उनले ललितपुरका आठजनाबाट ४२ लाख ५३ हजार रुपैयाँ लिइसकेको प्रहरीले जनाएको छ । अभियुक्त चापागाई यसअघि पनि पटक पटक ठगी मुद्दामा पक्राउमा परेका थिए । पछिल्लो पटक उनी गत चैत ४ गते काठमाडौँ जिल्ला अदालतको आदेशानुसार ठगी मुद्दामा चार लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
उनले सरकारी जागिर लगाइदिन्छु भन्दै ललितपुरकी दीपा महर्जनसँग २५ लाख ५० हजार रुपैयाँ, रिना महर्जनसँग सात लाख रुपैयाँ, ज्ञानीमाया तामाङसँगबाट पाँच लाख ३० हजार रुपैयाँ, ममिता श्रेष्ठसँग दुई लाख ३० हजार रुपैयाँ, रिमा मगरसँग ९३ हजार रुपैयाँ, देव राजथलासँग ९० हजार रुपैयाँ, राजकुमार वलामीसँग ५० हजार रुपैयाँ र विमला शाहबाट १० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
उनीहरूसँग ठगी गर्ने क्रममा चापागाईले करिब १२ वटा सिमकार्ड प्रयोग गरेको अनुसन्धानका क्रममा खुलेको ललितपुरका प्रहरी प्रवक्ता दयानिधि ज्ञवालीले बताए । पीडित व्यक्तिलाई सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा लैजाने र केही व्यक्तिलाई भेटाउने निहुँमा जागिर खान पैसा दिनुपर्छ भनी ती व्यक्तिलाई ठगेको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले बताए ।
उनका अनुसार सरकारकै केही उच्च पदस्थ अधिकारी तथा सुरक्षा निकायकै केही व्यक्तिको नामबाटसमेत उनले नक्कली नाम र नक्कली पदबाट फोन गर्ने गरेको समेत खुलेको छ । प्रवक्ता ज्ञवालीका अनुसार उनले ठगी गरेका व्यक्ति अरु पनि थुप्रै हुन सक्ने र शुक्रबार एकजना पीडित सम्पर्कमा आएको बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी