×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार सम्मेलन गरेर चिनले भन्यो -‘नेपालले मागे तेल दिन हामी तयार छौ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पत्रकार सम्मेलन गरेर चिनले भन्यो -‘नेपालले मागे तेल दिन हामी तयार छौ’

Artha Sarokar

२९ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

नजिकको छिमेकी भारतले तेल दिन्छु भन्दै वारम्बार झुक्क्याउदै गरिरहेको अवस्थामा यता उत्तरी छिमेकी चिनले पत्रकार सम्मेलन गरेर नेपाललाई इन्धन आपुर्ती गर्न तयार रहेको बताएको छ। विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारको जवाफ दिदै चिनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले नेपालले मागे इन्धनलगायत आवश्यक सामान आपूर्ति गर्न तयार रहेको बताएकी छिन। पत्रकार सम्मेलनमा उनले भनिन-‘अप्रिल २५ को भूकम्पले गरेको अवरोधपछि नेपाल र चीनलाई जोड्ने जिलुङ सीमा हिजो खुला भएको छ, बिहिबार बिहान चीनले यही नाकाबाट केही ट्रक सामान सहयोगका रुपमा पठाएको छ। नेपाल आग्रहमा चिनियाँ पक्षले सक्दो सहयोग गर्नेछ।’ भारतले गरेको नाकाबन्दीको औपचारिक रुपमा बिरोध गर्न सक्ने हिम्मत अहिले सम्म कुनै पार्ती र वर्तमान सरकारले गर्न सकेको छैन। सत्ता र अोहोदामा बसेका हरु नेपालको अवस्था सामान्य छ भनेर चुपचाप बसेका छन अर्कातिर दसैं जस्तो महान चाडमा पनि नेपाली जनता पेट्रोल र ग्यासको अभाबमा २४ सै घण्टा भौतारिदै दैनिकी सहज बनाउनका लागि पम्प र पार्कमा हिडिरहेका छन। भारतको नाकाबन्दीको कारण जनताको दैनिकी दिनानु दिन कस्टकर बन्दै गएको छ, देशलाई चलाऊने जिम्मा पाएका सम्बन्धित निकायले भने अर्को छिमेकी चिनसँग इन्धन समाधानको लागि औपचारिक पत्रचार समेत गर्न सकेको छैन। इन्धन अभावको समस्याको समाधानको लागि अहिले चिनसँग औपचारिक कुराकानी नभएको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता दीपक अधिकारीले बताएका छन। उनले ‘पेट्रोलियम पदार्थ आपूर्तिका लागि अहिलेसम्म औपचारिक पत्र पठाएको मलाई थाहा छैन’ भन्दै गर्दा नेपालका नेताहरु सत्ता प्राप्तीको लागि कुन हद सम्म जान सक्छन भन्ने कुरा प्रकस्ट हुन्छ। शुसिल सरकारले भारतको नाकाबन्दी हुने बित्तिकै बैकल्पिक ब्य्वस्था गरेर आपुर्ती सहज बनाउनका लागि दुई उपाए निकालेको थियो। अल्पकालिन समाधानका लागि एयरलिफ्टमार्फत पेट्रोलियम पदार्थ ल्याउने र दीर्घकालिन समाधानका लागि चिनबाट इन्धन ल्याउने निर्णय गर्दै वाणिज्य मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिएको थियो। उक्त निर्णय बमोजिम नेपाल आयल निगमले समाधानको बिकल्प उल्लेख गर्दै वाणिज्य मन्त्रालयलाई औपचारिक प्रस्ताव गरेको थियो। तर बाणिज्य मन्त्रालयमा पुगेको निगमको प्रस्ताव अलपत्रमा परेको छ। बिजपाटी सँगको कुराकानीमा निगमका अधिकारी दिएको जानकारी अनुसार भारतको हेपाहा सोचलाई परिवर्तन गर्नका लागि भए पनि महँगो मुल्य तिरेर भएपनी चिनबाट इन्धन ल्याउन निगम तयार रहेको भए पनि सरकारी निकायको मौनताले निगमले केही गर्न नसकेको अवस्थाले निगम भित्रका अधिकारीहरु सरकार प्रती रुस्ट छन। बाणिज्य मन्त्रालयकै कर्मचारीले बताएअनुसार चिनबाट तेल ल्याउदा भारत रिसाउने र आफु अफ्ठेरोमा पर्ने भएकाले कुनैपनि सचिवहरुले निगम बाट आएको प्रस्तावलाई अघि बढाउन सकेका छैनन्।’ चेपुवामा परेका शुसिल कोइराला सरकारले राजिनामा पछी बनेको केपी ओलीको नेत्रित्त्वको नयाँ सरकारले पनि औपचारिक रुपमा भारतले नाकाबन्दी गरेको भनेर पत्रकार सम्मेलन गर्न सकेको छैन। वर्तमान सरकारले पनि सबै दोश आयल निगमलाई दिदै भारत कहिले नाकाबन्दी खुला गर्छ र इन्धन अभाबको समस्या समाधान हुन्छ भनेर बसेको अहिलेको अवस्थाले देखाएको छ। नयाँ सरकार बनेको पनि करिब ६ दिन बहेको छ तर न त औपचारिक रुपमा भारतले नाकाबन्दी गरेको छ भन्न सक्छ न त इन्धन अभाबको विकल्प खोज्न सक्छ। जबकी सरकारले बाटो खोलिदिए आफुहरुले इन्धन समस्याको समाधान खोज्ने नेपालका ब्यवसायीहरुले बारम्बार बताउदै आएका छन। सत्ता प्राप्तीका लागि नेताहरुको फोहोरो राजनीतिक खेलको मर्कामा नेपाली जनता परेका छन। इन्धन समाधानको बिकल्प छ, तर सरकारले चिनलाई औपचारिक पत्रचार गर्न सकेको छैन। उता छिमेकी भारतले नाकाबन्दी गरेको पनि २२ दिन भन्दा बढी भयो तर समस्या जिउको तिउ रछेको छ। आयल निगमका अधिकारी भन्छन, सरकारले औपचारिक रुपमा चिनलाई कुनै प्रस्ताव गरेको छैन। हामीले भारतको नाकाबन्दी हुने बित्तिकै महँगो र अप्ठेरो भए पनि चिनबाट तेल ल्याउने व्यवस्था गर्नु पर्छ भनेका छौ तर अघिल्लो सरकार जस्तै केपी ओली सरकार पनि चिन तर्फ इच्छुक देखिएको छैन। न त नाकाबन्दी खुलाउने औपचारिक प्रयास सरकारबाट भएको छ, न त इन्धन ल्याउन बाणिज्य मन्त्रालयले आयल निगमलाई सहयोग गरेको छ। २२ दिन भइ सक्यो, दसैंको मुखमा जनताले सास्ती पाएको। मन्त्रालय भागबण्डा गर्नबाट फुर्सद कहिले मिल्ने हो नेतालाई। यस्तै हो भने तिहार पनि अभाबै अभाबमा वित्ने निस्चित छ। कठैबरा, वीर गोर्खाली नेपाली जनता
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी