
भैरहवा, २० असोज । सदभावनाका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई तह लगाउन सुरक्षा योजना तयार पारिएको छ ।
महतोले रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड लिएपछि उनलाई तह लगाउन भैरहवाको स्थानीय प्रशासनले सरोकारवालासँग छलफल गरी सुरक्षा रणनीति तयार पारेको हो ।
सुरक्षा रणनीति अनुसार नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा अवस्थालाई थप कडाई गरिएको छ ।
बुधबार भारतीय भूमीको प्रयोग गर्दै सीमावर्ति सुनौली बजार क्षेत्रबाट संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले नेपालतर्फ ढुंगामुढा गरेपछिको अवस्थालाई विश्लेषण गर्दै जिल्लास्थित सुरक्षा समितिले सो क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गरी कडाई गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । प्रजिअ ढकालले भने “नाका अवरोध रोक्न र अप्रिय घटना हुन नदिन हामीहरु सजग छौं । सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गर्दैछौं ।”
बुधबार सीमावर्ती बेलहियामा भएको घटनालाई लिएर जिल्लास्थित सुरक्षा निकायले बेलहिया बासीसंग सुझाव समेत लिएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकमा बेलहियाका संघसंस्थाका प्रतिनिधीले मोर्चाका कार्यकताले भारतीय भूमी र भारतीय प्रहरीको संरक्षणमा सीमामा अराजकता नै मच्चाएको जनाउदैं प्रशासनले यसलाई तत्काल नियन्त्रण नगरे राष्ट्र र राष्ट्रियताको लागी आफुहरुले प्रतिवाद गर्ने जनाएका थिए ।
लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले बुधबारको घटनाले जिल्लामा सुरक्षा चुनौती बढेको जनाउदैं शान्ति सुरक्षा र अमनचयन कायम गर्न स्थानियको सहयोग अपरिहार्य भएको जनाउदैं भने “तपाई स्थानियहरु मोर्चा कार्यकर्ताको प्रतिकारको नाममा प्रदर्शन नगर्नुहोस् , आन्दोलनकारीलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रो हो ।” प्रशासनको सुरक्षा रणनीति अनुसार नाका अवरोध गर्न आए महतोलाई समेत लखेट्ने योजना छ । जसमा स्थानीयवासीले साथ दिने जनाएका छन् ।
बुधबार भारतीय भुमिबाट आएका मधेसी मोर्चाका कार्यकर्ताले राजेन्द्र महतोको निर्देशनमा प्रहरीमाथि आक्रमण गर्दै एक जना सर्वसाधारणमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमण गरी मोर्चाका कार्यकर्ता भातर पसेका थिए ।
रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धि गुरुंगले दशगजा क्षेत्रमा कुनैपनि देशको अहित हुनेगरी कार्यक्रम गर्न गराउनबाट रोक्न आफूहरु कटिबद्ध भएको जनाए । यसै हप्ताबाट राजेन्द्र महतोले बेहलिया नाकामा अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड सम्हालेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । महतो भारतमा बसेर नाका अवरोध गर्न कार्यकर्ता पठाउने काम गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्