
नेपाली काँग्रेसका सभापति सुशील कोइराला अनपेक्षित रुपमा प्रधानमन्त्रीका उम्मेदवार बनेपछि नेपाली राजनीतिमा फेरि एकपटक तरंग छाएको छ । ‘संविधान जारी भएपछि एक मिनेट पनि पदमा बस्दिन’ भनेर पटकपटक आफैले गरेको घोषणा उनले त्यसै लत्याएका हैनन्, संविधान जारी भएपछि एकाएक नायक बनेका कोइराला भारतका सच्चा दूतका रुपमा नेपाली राजनीतिको क्यानभासमा फेरि एकपटक उदाएका हुन् ।
खासमा देश संघिन मोडमा रहेको बेला यसअघि पनि कोइरालाको नेतृत्व नेपालका लागि अभिभाष नै थियो, संविधान निर्माणको जटिल परिस्थिति, विनाशकारी भूकम्पबाट मुलुक थिलोथिलो भएको बेला सुशील जस्ता गतिहीन व्यक्ति प्रधानमन्त्री रहनु देशका लागि निकै दुःखद थियो । आफ्नो निर्णयमा भन्दा पनि सानो कोटरीमा रमाउने उनले न त संविधान निर्माणका असन्तुष्ट पक्षलाई वार्ताको टेबलमा ल्याउन सके, न त भूकम्पबाट क्षतिग्रस्त मुलुकलाई उठाउन नै केही गर्न सके । अझ तराईमा झण्डै दुई महिनादेखि जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीविरुद्ध सिंगो मुलुक नै जुधिरहेको बेला भारतीय उम्मेदवारका रुपमा उनी उभिनु विडम्वना हो । यतिका बर्षमा सादगी व्यक्तिका रुपमा उनले कमाएको छवि हिलोमा मिसिएको छ ।
बाहिर सादगी देखिए पनि उनी आफैमा स्वच्छ छविका व्यक्ति भने हैनन् । काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका दाहिने हात भएका सुशील गिरिजाप्रसादसँगै बसेर कहिले सत्ताको दुरुपयोग गर्न व्यस्त थिए त कहिले काँग्रेस पार्टी फुटाउन सक्रिय रहे । उनी काँग्रेसको महामन्त्री भएकै बेला काँग्रेसमा सबैभन्दा ठूलो संकट आइपरेको थियो । हक्की स्वभावका शेरबहादुर देउवा आजित भएर पार्टी फुटाएर गएका थिए भने अन्तिम समयमा स्वयम् गिरिजाप्रसाद कोइरालालाई पनि सुशीलले नै धुरुधुरु रुवाएका थिए । खासगरि, दोस्रो जनआन्दोलन सफल भएपछि शान्ति प्रक्रियाको नेतृत्व लिइरहँदा सुशीलकै कारण गिरिजाप्रसाद सबैभन्दा बढी समस्यामा परेका थिए । राजासँग काँग्रेसको घाँटी जोडिएको छ भन्दै कहिले राजा राख्न लबिङ गर्ने त कहिले एमाओवादीलाई मुलप्रवाहमा आउन नदिन उनले ‘दक्षिणको दूत’ बनेर भूमिका खेलेका थिए । पार्टीभित्रैबाट चरम गुटबन्दी गरेर उनले २०६३ को काँग्रेसको महासमिति बैठकमा गिरिजाप्रसाद कोइराला र कृष्ण सिटौलालाई अल्पमतमा पारेका थिए, बरु सँधै टक्कर दिने शेरबहादुरले गिरिजाप्रसादलाई साथ दिएका थिए ।
सुशील आफ्नै इच्छाले मात्रै प्रधानमन्त्री हुन चाहेका हैनन् । राष्ट्रपति डा. रामवरण यादव र भारतीय राजदूत रणजीत रायसँग शुक्रबार राति भएको गोप्य रात्रीभोजपछि उनी प्रधानमन्त्रीका रुपमा अघि सरेका हुन् । प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्नुअघि भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल प्रमुखसँग भएको उनको भेटवार्तालाई पनि संयोगमात्रै मान्न सकिन्न ।
काँग्रेसलाई सँधै गुट र सानो कोटरीमा चलाउने उनै सुशील अहिले फेरि नेपाली जनताको भावनालाई लात हान्दै प्रधानमन्त्री पद खान लालयित भएका छन् । खबर आएको छ, सुशील आफ्नै इच्छाले मात्रै प्रधानमन्त्री हुन चाहेका हैनन् । राष्ट्रपति डा. रामवरण यादव र भारतीय राजदूत रणजीत रायसँग शुक्रबार राति भएको गोप्य रात्रीभोजपछि उनी प्रधानमन्त्रीका रुपमा अघि सरेका हुन् । प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्नुअघि भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल प्रमुखसँग भएको उनको भेटवार्तालाई पनि संयोगमात्रै मान्न सकिन्न । यी यावत घटनाक्रमले सुशील कोइराला कस्को आडमा प्रधानमन्त्री हुन खोजेका हुन् भन्ने प्रष्ट हुन्छ । काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले राजीनामा दिनुले पनि यो सानो चलखेल होइन भन्ने बुझ्न अप्ठेरो छैन ।
हुन त नेपाली राजनीतिमा अब नैतिकताको खडेरी भइसकेको छ । सक्रिय राजनीति त्यागेर देश र पार्टीकै अभिभावक बन्नुपर्ने बेलामा उनले पद्मा टाँसिरहनु आकांक्षा देखाउनुले नेपाली राजनीतिकर्मीको नैतिकतालाई सँधै गिज्जाइरहने छ । प्रश्न, केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने होइन्, आफैले गरेको पूर्वसहमति लत्याउने अनि राजनीतिलाई नैतिकता र सेवा भन्दा पनि व्यापार बनाउने सुशील कोइराला प्रवृत्तिप्रतिको चिन्ता हो । राष्ट्र, राष्ट्रियता र स्वाधिनताको लडाईँ हो । यसअघि दलहरु एक्लै लड्थे भने यसपटक नेताहरु भन्दा एक कदम अघि सरेर स्वाधिनता र स्वाभिमानको लडाईं लडिरहेका छन् । संविधान निर्माणको नेतृत्वकर्ता अनि राष्ट्रियताका पक्षमा चट्टानी अडान लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेको माग हो । ओलीको चट्टानी अडान र एमाओवादी अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड ‘युटर्न’ भएका कारण देशले नयाँ संविधान पाएको हो । जब–जब नेपाली दलहरु एकजुट बन्छन् तब देशले ऐतिहासिक मोड लिन्छ, त्यही ऐतिहासक उपलब्धिका रुपमा नेपाली जनताले नयाँ संविधान पाएका थिए, जुन नेपाली नेताहरु विशुद्ध आफ्नै खुट्टामा उभिँदाको परिणाम थियो । नेपाली दलहरुसँगै फुटाएर आफ्नो स्वार्थ पूर्ति गर्दै आएको भारतले कोइरालालाई गोटी बनाएर नेपाली राजनीतिमाथि राजनीति गर्न खोजेको छ । नेपाली जनतामाथि खर्बौ रुपैँयाको भारी बोकाउने काठमाडौँ–निजगढ द्रूतमार्ग आफ्नो पोल्टामा पार्ने लगायतका भारतीय स्वार्थ पूर्ति गर्न कोइराला उम्मेदवारका रुपमा उभिएका छन् । तर, २४ घण्टामा आकाश पक्कै ढल्ने छैन । नेपाली राष्ट्रियताले जित्छ कि भारतीय स्वार्थले ? त्यो त आइतबारकै परिणामले बताउला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्