
नवगठित सरकारको सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले ८ मन्त्रालय पाउने टुङ्गो लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा साझेदार दल एमाओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको हो । मन्त्रालयको टुङ्गो लगाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच मंगलबार छलफल भएको थियो ।
उक्त छलफलबाट एमाओवादीले पाउने मन्त्रालयको नाम टुङ्गो लागेको एमाओवादीले जनाएको छ । जसअनुसार गृह, स्थानीय विकास, समान्य प्रशासन, वन र बाणिज्य तथा आपूर्ति मन्त्रालय एमाओवादीले पाउने भएको छ । शिक्षा र स्वास्थ्य मन्त्रालय एक तथा पर्यटन र उर्जा मध्ये एक मन्त्रालय समेत पाउनेछ । कृषि मन्त्रालय यसअघि नै पाइसकेको छ ।
साथै एमाओवादीले राष्ट्रपति र सभामुख दुबैमा दावी गरेको एमाओवादीका एक नेताले जानकारी दिनुभयो । यसबारेमा थप टुङ्गो लगाउन एमाओवादी बैठक बुधबार बस्दै छ ।
यस्तो छ मन्त्रालयको सूचीः
१) उपप्रधान तथा गृह मन्त्रालय
२) स्थानीय विकास मन्त्रालय
३) समान्य प्रशासन मन्त्रालय
४) वन मन्त्रालय
५) बाणिज्य तथा आपूर्ति मन्त्रालय
६) कृषि मन्त्रालय
७) शिक्षा र स्वास्थ्य मन्त्रालय मध्ये एक
८) पर्यटन र उर्जा मन्त्रालय मध्ये एक पाउने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्