
नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न पनि मूख्य दलहरु कम्तीमा अझ ५ बर्ष एक भएर अघि बढ्नुपर्ने आवश्कताबीच हिजो आज देशमा जे भइरहेको छ, यो एकदम गलत छ । देशमा पेट्रोलियम पदार्थको हाकार मच्चिँदा पनि नागरिक त्यसको पर्वाह नगरी राजनीतिक दलहरुलाई राष्ट्रियताका लागि लडाई लड्न सुझाईरहेको अवस्थामा देशको इतिहाँस बोकेको पार्टीले भारतलाई सघाउ पुग्ने गरी निर्णय गर्नु र दलहरुबीचको एकतालाई लत्याउँदै पार्टी सभापति सुशील कोईरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु अत्यन्तै आत्मघाती कदम हो, यसको मूल्याङकन भविष्यमा इतिहासले गर्नेछ । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा देशको प्रधानमन्त्री चुप बस्नु, मन्त्रीहरुले नाकाबन्दी लगाएको छैन भन्नु र मुलुकको सबै भन्दा ठूलो पार्टीले भारतले नाकाबन्दी नगरेको निष्कर्ष निकाल्नु यी सब हानिकारक लक्षणहरु हुन । भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन कुनै पहल नगर्नु र नयाँ विकल्पको खोजी समेत नगर्नुले सरकारको निरिहतालाई प्रष्ट पारिसकेको छ ।
भारतको दासत्वबाट मुक्त हुने उपयुक्त समय आएका बेला नेपाली कांग्रेसले दलीय एकतालाई तीलाञ्जली दिँदै जसरी अघि बढेको छ, यसले देश बर्बाद पार्ने संकेतहरु देखिएका छन् । नेपाललाई सिक्किमीकरण गर्न खोज्ने भारतको कठपूतली बनेर नेपाली कांग्रेसले इतिहासमा पहिलोपटक देशमाथि गम्भीर गद्दारी गरेको छ । पदका लागि देशको स्वाभिमानसँग सौदाबाजी गर्ने नेपाली कांग्रेसको यो राष्ट्रघात इतिहासले चाहेर पनि भुल्नेछैन ।
नेपालका हरेक गतिबिधिमा भारतले हस्तक्षेप गर्दै आइरहेको कुरा कसैबाट छिपेको छैन । नयाँ संविधान जारी गर्ने बेलामा भारतको नाङ्गो हस्तक्षेपबिरुद्ध डटेर लडेका दलहरु पछिल्लो समयमा जसरी ध्रुवीकृत भएका छन् यसले मुलकलाई गम्भीर धक्का पुग्ने निश्चित छ । भारतको दासत्वबाट मुक्त हुने उपयुक्त समय आएका बेला नेपाली कांग्रेसले दलीय एकतालाई तीलाञ्जली दिँदै जसरी अघि बढेको छ, यसले देश बर्बाद पार्ने संकेतहरु देखिएका छन् । नेपाललाई सिक्किमीकरण गर्न खोज्ने भारतको कठपूतली बनेर नेपाली कांग्रेसले इतिहासमा पहिलोपटक देशमाथि गम्भीर गद्दारी गरेको छ । पदका लागि देशको स्वाभिमानसँग सौदाबाजी गर्ने नेपाली कांग्रेसको यो राष्ट्रघात इतिहासले चाहेर पनि भुल्नेछैन ।
छात्तीमा ‘वी लव ईन्डीया’ लेखेको टिसर्ट लगाएर भारत जिन्दावाद भन्नेहरु कदापी नेपाली हुन सक्दैनन त्यसैले त्यस्तालाई तत्काल ठेगान लगाउनुनै उपयुक्त हुन्छ । भारतीय भूमिबाट नेपालमा ढुङ्गा फालेर तमासा देखाउनेहरु देशका क्यान्सर हुन, त्यसैले कयान्सरको उपचार बेलैमा गर्न जरुरी छ । मागहरु राख्ने पनि तरिका हुन्छ ।
सुरक्षाकर्मीलाई ज्यूँदै जलाउने, भारतीय भूमिमा भात खाने नेपाली भूमिमा आन्दोलन गर्ने, सर्वसाधरणलाई चिराचिरा पारेर छोड्नेहरुले देशमाथि खुव गद्दारी गरिरहेका छन् । आफ्नो देशको राष्ट्रिय झण्डा जलाएर भारतीय भण्डा गर्वका साथ छात्तीमा टाँस्नु जस्तो घृणित काम अरु के हुन सक्छ ? तराईमा देखिएका नेपालविरोधी गतिबिधिहरु सबै भारतबाट परिचालित छन भन्ने कुराको प्रमाण खोजिरहनु पर्दैन । भारतले नेपाललाई तहसनहस पार्ने अन्तिम अस्त्रहरु प्रयोग गरिरहेको छ । कतिपय मधेसबादी दलहरु भारतको गोटी बनेर नेपालका छेउछाउमा ‘ट्वाक्क ट्वाक्क’ हिर्काइरहेका छन् । यस्तो अवस्थामा दलीय एकता तोडेर अलग बाटो हिड्नु कांग्रेसको राष्ट्रघात हो । किनकि देशले दलीय एकता चाहेको थियो अहिले पनि । देश जटिलतामा फसेको बेला कस्ले के गरिरहेको छ र कस्ले के भनिरहेको छ भन्ने कुराको राम्रोसँग हेक्का राखी उचित समयमा ठेगान लगाउने जिम्मेवारी अब नेपाली जनताको हो ।