Skip to content
LAXMI SUNRISE BANK

इतिहासले माफ दिने छैन सुशील कोइरालालाई

अर्थ सरोकार

मुलुकले नयाँ संविधान पाएपछि मुलुकमा पछिल्लोपटक जे जस्ता हर्कतहरु भएका छन्, देशभक्त नेपालीहरुका लागि कदापी स्वीकार्य छैनन् । देशमा कस्ता नीति नियमहरु बनाउने र ति नीति नियम भित्र के कस्ता शब्दावलीहरुको प्रयोग गर्ने भन्ने विषय हाम्रा आन्तरिक मामला थिए । संविधान भनेको मुलुकको आवश्यकता अनुसार बनाउने हो, कुनै छिमेकीलाई खुसी वा दुखी बनाउन होइन भन्ने तथ्यलाई नबुझेर छिमेकीले हामीमाथि अनावश्यक हस्तक्षेप गर्नु जायज हुन सक्दैन । भर्खरै जारी गरिएको संविधानमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्था गर, अंगिकृत नागरिकता प्राप्त गरेकाहरुलाई पनि राष्ट्रपति, प्रधानमन्त्री वा देशको विशिष्ट पदहरुमा पुग्न नरोक्ने व्यवस्था हुने गरी संविधान संसोधन गर भनेर छिमेकबाट आदेश आउनु नित्तान्त गलत थियो । छिमेकीले आफ्नो आदेशानुसार गरेन भनेर उ माथि अघोषित नाकाबन्दी गर्नु त झन गलतनै थियो तर त्यो भन्दा गम्भिर गलत चाँहि देशको सार्वभौमिकता माथि छिमेकले ठाडै हस्तक्षेप गर्दा पनि उसकै पछि लागेर हिड्न खोज्नु हो ।

नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न पनि मूख्य दलहरु कम्तीमा अझ ५ बर्ष एक भएर अघि बढ्नुपर्ने आवश्कताबीच हिजो आज देशमा जे भइरहेको छ, यो एकदम गलत छ । देशमा पेट्रोलियम पदार्थको हाकार मच्चिँदा पनि नागरिक त्यसको पर्वाह नगरी राजनीतिक दलहरुलाई राष्ट्रियताका लागि लडाई लड्न सुझाईरहेको अवस्थामा देशको इतिहाँस बोकेको पार्टीले भारतलाई सघाउ पुग्ने गरी निर्णय गर्नु र दलहरुबीचको एकतालाई लत्याउँदै पार्टी सभापति सुशील कोईरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु अत्यन्तै आत्मघाती कदम हो, यसको मूल्याङकन भविष्यमा इतिहासले गर्नेछ । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा देशको प्रधानमन्त्री चुप बस्नु, मन्त्रीहरुले नाकाबन्दी लगाएको छैन भन्नु र मुलुकको सबै भन्दा ठूलो पार्टीले भारतले नाकाबन्दी नगरेको निष्कर्ष निकाल्नु यी सब हानिकारक लक्षणहरु हुन । भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन कुनै पहल नगर्नु र नयाँ विकल्पको खोजी समेत नगर्नुले सरकारको निरिहतालाई प्रष्ट पारिसकेको छ ।

    भारतको दासत्वबाट मुक्त हुने उपयुक्त समय आएका बेला नेपाली कांग्रेसले दलीय एकतालाई तीलाञ्जली दिँदै जसरी अघि बढेको छ, यसले देश बर्बाद पार्ने संकेतहरु देखिएका छन् । नेपाललाई सिक्किमीकरण गर्न खोज्ने भारतको कठपूतली बनेर नेपाली कांग्रेसले इतिहासमा पहिलोपटक देशमाथि गम्भीर गद्दारी गरेको छ । पदका लागि देशको स्वाभिमानसँग सौदाबाजी गर्ने नेपाली कांग्रेसको यो राष्ट्रघात इतिहासले चाहेर पनि भुल्नेछैन ।

नेपालका हरेक गतिबिधिमा भारतले हस्तक्षेप गर्दै आइरहेको कुरा कसैबाट छिपेको छैन । नयाँ संविधान जारी गर्ने बेलामा भारतको नाङ्गो हस्तक्षेपबिरुद्ध डटेर लडेका दलहरु पछिल्लो समयमा जसरी ध्रुवीकृत भएका छन् यसले मुलकलाई गम्भीर धक्का पुग्ने निश्चित छ । भारतको दासत्वबाट मुक्त हुने उपयुक्त समय आएका बेला नेपाली कांग्रेसले दलीय एकतालाई तीलाञ्जली दिँदै जसरी अघि बढेको छ, यसले देश बर्बाद पार्ने संकेतहरु देखिएका छन् । नेपाललाई सिक्किमीकरण गर्न खोज्ने भारतको कठपूतली बनेर नेपाली कांग्रेसले इतिहासमा पहिलोपटक देशमाथि गम्भीर गद्दारी गरेको छ । पदका लागि देशको स्वाभिमानसँग सौदाबाजी गर्ने नेपाली कांग्रेसको यो राष्ट्रघात इतिहासले चाहेर पनि भुल्नेछैन ।

छात्तीमा ‘वी लव ईन्डीया’ लेखेको टिसर्ट लगाएर भारत जिन्दावाद भन्नेहरु कदापी नेपाली हुन सक्दैनन त्यसैले त्यस्तालाई तत्काल ठेगान लगाउनुनै उपयुक्त हुन्छ । भारतीय भूमिबाट नेपालमा ढुङ्गा फालेर तमासा देखाउनेहरु देशका क्यान्सर हुन, त्यसैले कयान्सरको उपचार बेलैमा गर्न जरुरी छ । मागहरु राख्ने पनि तरिका हुन्छ ।

सुरक्षाकर्मीलाई ज्यूँदै जलाउने, भारतीय भूमिमा भात खाने नेपाली भूमिमा आन्दोलन गर्ने, सर्वसाधरणलाई चिराचिरा पारेर छोड्नेहरुले देशमाथि खुव गद्दारी गरिरहेका छन् । आफ्नो देशको राष्ट्रिय झण्डा जलाएर भारतीय भण्डा गर्वका साथ छात्तीमा टाँस्नु जस्तो घृणित काम अरु के हुन सक्छ ? तराईमा देखिएका नेपालविरोधी गतिबिधिहरु सबै भारतबाट परिचालित छन भन्ने कुराको प्रमाण खोजिरहनु पर्दैन । भारतले नेपाललाई तहसनहस पार्ने अन्तिम अस्त्रहरु प्रयोग गरिरहेको छ । कतिपय मधेसबादी दलहरु भारतको गोटी बनेर नेपालका छेउछाउमा ‘ट्वाक्क ट्वाक्क’ हिर्काइरहेका छन् । यस्तो अवस्थामा दलीय एकता तोडेर अलग बाटो हिड्नु कांग्रेसको राष्ट्रघात हो । किनकि देशले दलीय एकता चाहेको थियो अहिले पनि । देश जटिलतामा फसेको बेला कस्ले के गरिरहेको छ र कस्ले के भनिरहेको छ भन्ने कुराको राम्रोसँग हेक्का राखी उचित समयमा ठेगान लगाउने जिम्मेवारी अब नेपाली जनताको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK