
खासगरि, प्रधानमन्त्री सुशील कोइरालालाई पुनः प्रधानमन्त्री बन्न उक्साउने कोइराला क्याम्पका नेताहरुको रुवाबासी चलेको हो । अघिल्लोपटक सुशील प्रधानमन्त्री बनेपछि उनका नजिकका नातेदारहरु नेपाल फर्केर बालुवाटारमा अड्डा जमाउँदै आएका थिए । त्यसमध्ये सबैभन्दा बढी हर्ताकर्ता थिइन्, मृदुला कोइराला । अमेरिकाबासी मृदुला अतैतानिक सल्लाहकारका रुपमा सुशीलको सबै काम सम्हाल्दै आएकी थिइन् । पटकपटक विवादमा आइरहने मृदुलाकै कारण सुशील अप्ठेरोमा समेत पर्दै आएका थिए ।
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहपछि सोमबार सुशील निकै निराश मुद्रामा बालुवाटार पुगेका थिए । उनलाई भेट्न ज्वाईं नाता पर्ने काँग्रेस नेता दिलबहादुर घर्ती लगायतको समेत जमघट बालुवाटारमै थियो । प्रधानमन्त्री हारेपछि अहिलेसम्म कमाएको छवि पनि बिग्रिएको र पार्टीभित्रै पनि शेरबहादुर क्याम्पले अपमान गर्न थालेको भन्दै सुशील सबैभन्दा बढी चिन्तित र तनावमा थिए ।
‘संविधान पिता’को उपाधि पाउन लायक सुशील मृदुला लगायत उनको कोटरीको उक्साहटमा प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए । भारतका दूतका रुपमा लिइने अमरेशकुमार सिंहले भारत र मधेशी मोर्चाको जिम्मा लिएका थिए भने मृदुला लगायतले अन्य विदेशीको बलमा प्रधानमन्त्री जिताउने भन्दै सुशीललाई ढाढस दिएका थिए । तर, ओली प्रधानमन्त्री हुने निश्चित भएपछि अन्तिम समयमा भारतले समेत सुशीललाई धोका दिएको स्रोतको दाबी छ ।
आफ्नो सल्लाह नमानी आसेपासे र पिएहरुको सुझावमा चलेको भन्दै महामन्त्री कृष्ण सिटौलाले सुशीलसँग गुनासो पोख्दै आएका छन् । सुशीलकै नजिकका पात्र मानिएका काँग्रेस सहायक महामन्त्री पूर्णबहादुर खड्काले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिइसकेका छन् । आफ्नै सहयोगीहरुले छाडेपछि यतिबेला सुशील एक्लोझैँ भएका छन् । निकै उत्साहका साथ बालुवाटार छिरेका सुशील अहिले निराश बन्दै बालुवाटार छाड्ने तरखरमा छन् ।
यसो त सुशील विभिन्न रोगले समेत पीडित छन् । संविधान जारी भएपछि अमेरिका गएर नियमित स्वास्थ्य जाँच गराउने उनको योजना भएपनि संविधान जारीपछि उत्पन्न परिस्थितिले गर्दा रोकिएको थियो । पद गुमेपछि अब राज्यको ढुकुटीबाट उपचार गराउन अप्ठेरो पर्ने भएकाले सुशीललाई अर्को चिन्ताले सताएको छ । तर, सुशीलको निराशा देखेर आँखाभरि आँशु लिँदै मृदुलाले पुनः अमेरिका लगेर उपचारको चाँजोपाँचो मिलाउने भन्दै सम्झाउँदै आएकी स्रोतले बतायो ।
(दैनिक नेपाल सहयाेगमा)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्