
‘नेपाल चीनको घनिष्ठ छिमेकी हो र हामी आपसी सरोकारका एजेण्डामा सधैँ एकले अर्कोलाई समर्थन गर्दै आएका छौँ’, प्रधानमन्त्री लीको भनाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, ‘मलाई विश्वास छ तपाईंले नेतृत्व गरेको नयाँ सरकारले नेपालको राष्ट्रिय स्थिरता र आर्थिक विकासमा नयाँ उपलब्धी हासिल गर्नेछ।’
प्रधानमन्त्री लीले दुई देशबीचको साझेदारी बलियो बनाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउन नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको ओलीलाई बताएका छन् । औपचारिक बधाई दिने क्रममा चीनले नेपालको नयाँ सरकारसँग आर्थिक विकासका एजेण्डामा मिलेर काम गर्न उत्सुक रहेको कुटनीतिक सन्देश दिएको छ।
चीनको विदेश मन्त्रालयले सोमबार बेइजिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुनयिङले पनि नयाँ सरकारलाई बधाई दिएकी छिन् । ‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नेपालले राष्ट्रिय एकता, स्थिरता र विकासको दिशामा नयाँ उपलब्धी हासिल गर्ने चीनको विश्वास छ’, प्रवक्ता छुनयिङले भनिन्।
प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै आइतबार काठमाडौँस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले एमाले कार्यालयमा पुगेर बधाई दिएका थिए। सोमबारसपथ लिएपछि प्रधानमन्त्रीलाई बेइजिङबाट औपचारिक बधाई आएको हो । संविधान निर्माणको क्रममा देखिएको तीन दलीय सहकार्य तोडिए पनि एमाओवादी र अन्य दलको समर्थनमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बेइजिङ खुसी देखिएको छ।
नेपालसँगको मित्रतालाई चीनले उच्च प्राथकितामा राखेको बताउँदै प्रवक्ता छुनयिङले नेपालीले रोजेको विकास प्रणालीलाई चीनले सधैँ सम्मान गर्ने दोहो¥याइन । नेपालको
स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै दुई देशबीच सम्बन्ध अभिवृद्धिका लागि नयाँ सरकारसँग मिलेर अगाडि बढ्न चीन तयार रहेको उनले बताइन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्