×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दैनिक ३० जनासँग सेक्स गर्न बाध्यता थियो मलाई’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘दैनिक ३० जनासँग सेक्स गर्न बाध्यता थियो मलाई’

Artha Sarokar

२६ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

२० वर्षअघिको कुरा हो, १४ वर्षकी त थिएँ म । यस्तो समस्या भोगिरहेको यो जिन्दगीको कथा सुनाउँ कसरी । यो सुन्ने जोकोहीको ज्यान काँप्छ । यस्तो एउटा कहानीको पात्र हुँ । हो, या कहानी एउटा यस्तो महिलाको हो, जो यो जीवनबाट गुज्रिएर अहिले यस्तै आहतलाई न्याय दिन लागिरहेकी छिन् र उनको जिन्दगीलाई सबैले सलाम गरिरहेका छन् ।

मेरो नाम सुनिता दनुवार हो, म अहिले मानवतस्करीविरुद्ध सक्रिय छु । अहिले म यो अभियानमा आउनु अघि म पनि मानव तस्करको यस्तै सिकार भएको थिएँ । त्यतिखेरको दुःख सुनाएँ भने तपाईंहरु छक्क पर्नुहुने छ ।

१४ वषको उमेरमा मुम्बइ वेश्यालयमा बेचिएकी थिएँ । एउटा सानो कोठीमा पाँच महिना नारकीय जीवन गुजारेँ । यतिमात्र होइन, मैले यति मारपिट सहनु पथ्र्यो कि त्यो उमेरमा, म सहनैँ सक्दिनँ थिए । कुटपिट गरेर दैनिक ३० जनासँग सेक्स गर्न बाध्य पारिन्थ्यो त्यो कोठीमा । पाँच महिना यो नारकीय जीवन भोगेपछि भाग्न सफल भएँ ।

अहिले उनी कोही नारीले यस्तो नारकीय जीवन भोग्न नपरोस् भनेर अहोरात्र खटिएकी छन् । यसै अभियानले उनलाई संसारभर चिनाएको छ । सुनिता अहिले नेपालमा मानवतस्करीविरुद्ध अभियानमा सक्रिय छिन् । भूकम्पपछि नेपालमा महिला तस्करीको खतरा झन बढेकाले सुनिता सक्रिय छिन् । नेपालका युवती सुन्दर छन् तर गरिबीका कारण बढी बेचिन्छन् ।

हालैमात्र पनि सुनिताले ९ युवतीलाई बेचिनबाट बचाएकी छन् । यसरी बेचिनेमा अधिकांश बालिका उमेरका छन् । भूकम्पपछि नेपालका २ सय ५० भन्दा बढी युवती बेचबिखनको सिकार भइसकेका छन् । मानवतस्करले गरिबीको फाइदा उठाएर आफ्नो अपराध छिपाइ रहेका छन् । सुनिता चाहन्छिन्, अब कसैले नारकीय जीवन भोग्न नपरोस् । यो अभियान चलाइरहँदा सुनिताले तस्करको धम्की पनि खेप्नु परेको छ ।  – डेलिमेलबाट ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी