Skip to content
LAXMI SUNRISE BANK

अपडेट :ओली समर्थक तीन सभासद गायब

अर्थ सरोकार

काठमाडौं–एमालेकातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीलाई सहयोग गर्ने लिष्टमा रहेका तीन सभासदले क्याम्प परिवर्तन गरेका छन्। ओलीको समर्थकसमेत रहेका तीन सभासद संसदबाटै गायव भएका छन्।

खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राई, नेपाली जनता दलका सभासद हरिचरण साह र दलित जनजाति पार्टी नेपालका सभासद यशोदा कुमारी लामा एकाएक संसदबाट गायव भएका हुन्। उनीहरुले एमालेले आफूहरुलाई भाउ नदिएको भन्दै क्याम्प परिवर्तन गरेको उनीहरुले बताएका छन्।

‘गच्छदारले समर्थन गर्ने भएपछि एमालेले हामीलाई भाउ दिएन,’ क्याम्प परिर्वन गरेका खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राईले नागरिकन्युजसँग भने, ‘उहाँहरुलाई हाम्रो आवश्यकता नपरेपछि हामीले सुशील कोइरालालाई मत दिने निर्णय गरेका छौं ।’ उनले एमालेलाई समर्थन गर्ने थप सदस्यलाईसमेत क्याम्प परिवर्तन गराउने तयारी भइरहेको बताए । उनीहरु अहिले बानेश्वरस्थित एक होटलमा बैठक गरिहेका छन्। प्रधानमन्त्रीका उम्मेदवार अाेलीले अाफूसँग प्रचन्ड बहुमत रहेकाे भन्दै तपाइहरू अाएपनि ठिक नअाए पनि ठिक भनेपछि अाेलीलाइ दिएकाे समर्थन फिर्ता दिएकाे एक सांसदले बताए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK