×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपडेट : कमल थापाले भने– राष्ट्रियताको पक्षमा उभिन पाउँदा खुसी लागेको छ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अपडेट : कमल थापाले भने– राष्ट्रियताको पक्षमा उभिन पाउँदा खुसी लागेको छ

Artha Sarokar

२४ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदलाई सम्बोधन गर्दै बैदेशिक हस्तक्षेत्र तीब्र बन्दै गएको र यसविरुद्ध सबै नेपाली जनता एकजुट हुनुपर्ने बेला आएको बताएका छन् ।
उनले आफू र राफ्नो पार्टीले एमालेका प्रधानमन्त्री उम्मेद्मवार केपी ओलीलाई समर्थन गरि राष्ट्रियताको पक्षमा उभिएको समेत बताए ।
उनले संसदलाई सम्बोधन गर्दै राखेको मन्तब्यको सम्पादित अंश

वैदेशिक हस्तक्षेप अहिले तिव्र छ । यसकारणले राप्रपा नेपालले राम्रो नराम्रो जे भएपनि शान्ती प्रक्रियालाई यहाँसम्म ल्याउने, संविधान जारी गर्ने अवस्थासम्म देशलाई ल्याउने क्रममा कांग्रेस, एमाले र एमाओवादीको भूमिका महत्वपूर्ण छ । संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ । मूलुकलाई अघि बढाउन सहमति सरकार बाहेक अर्को विकल्प थिएन । हामीले प्रतिपक्षमा बस्छौँ , तपाईहरु मिलेर अघि बढ्नुस भनेका थियौँ ।
विगतमा पनि जब जब राष्टिय दलहरुबीच संकट देखिएको छ , देशले ठूलो ठूलो मूल्य चुकाउनुपरेको छ । यो पृष्ठभूमिमा एकता, सहमतिको आधारमा अघि बढ्नुपर्ने अवस्थामा अहिले दुई प्रमुख राजनैतिक दलहरुका बीचमा जून प्रतिस्पर्धा देखापरेको छ । यसले शुभ संकेत गरेको छैन् । हामीले दुईमध्ये एक छान्नुपर्ने अवस्था छ । यो अवस्थामा तुलनात्मक रुपले राष्टियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र नेपाली जनताको विकास र समृद्धीको चाहना परिवर्तन गर्न तुलनात्मक रुपले एमाले अध्यक्ष खड्गप्रसाद ओलीको नेतृत्ववले संभव छ भनेर समर्थन गरेका छौँ । आगामी दिनमा ओलीको नेतृत्वमा बन्ने सरकारले मधेसको समस्या समाधान गरेर , राष्टियताको संरक्षण गरेर, पुननिर्माणमा महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने अपेक्षाका साथ हामीले समर्थन गरेका हौँ । देश संकटमा खडा भएको अवस्थामा राष्टिय स्वाभिमानको पक्षमा उभिन पाउँदा हामीलाई गर्व भएको छ ।
– See more at: http://www.ratopati.com/news/8406/#sthash.YgGJiQaR.dpuf

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी