Skip to content
LAXMI SUNRISE BANK

अपडेट :कांग्रेसले समर्थन नगरेपनि साथै लिएर अघि बढ्छुँः ओली

अर्थ सरोकार

काठमाडौँ । नेपालको ३८ औँ प्रधानमन्त्रीका लागि नेकपा (एमाले)को तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार बनेका केपी ओलीले नेपाली कांग्रेसले आफुलाई समर्थन नगरेपनी साथै लिएर अघि बढ्ने बताएका छन् ।

ओलीले आफ्नो गलत प्रचार गरिएको बताउँदै भने , ‘मधेसविरोधी, जनजाति विरोधीका रुपमा प्रचार गरिएको छ । म  व्यवहारमै त्यो आरोपलाई चिर्ने र सबैका यथोचित मागहरु आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

उनले आफूलाई समर्थन गर्नेहरुलाई किन गरेछु भनेर पश्चाताप नहुने गरि र नगर्नेहरुलाई भोलिका दिनमा किन समर्थन गरिँनछु भनेर सम्झी सम्झी बाडुली लगाउने गरी काम गर्ने बताए ।

विगतमा कांग्रेस सँग भएका सहमतिहरुलाई सम्झिदैँ ओलीले भने( ‘हाम्रो समर्थनमा कांग्रेसले सरकार बनायो । हामीले सँगै रहेर संविधान बनायौं । सुशील कोइरालाको नेतृत्वगमा सरकार बनाउँदा गत वर्ष म समर्थक बसेको थिएँ । आज कांग्रेस् प्रस्तावक र समर्थक नहुँदा फरक महसुस भएको छ ।’

उनले  कांग्रेससँग अन्तिमसम्मै आफुले समर्थन गरेको स्मरण गराउँदै प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिन सुशिल कोइरालालाई आग्रह समेत गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK