×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटो टाँस्नको लागि मात्रै प्रधानमन्त्री बन्न खोजेको होइनः केपी ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फोटो टाँस्नको लागि मात्रै प्रधानमन्त्री बन्न खोजेको होइनः केपी ओली

Artha Sarokar

२४ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

एमाले अध्यक्ष केपी ओलीले आफूले फोटो टास्नका लागि मात्रै प्रधानमन्त्रीको रुपमा उम्मेद्वारी नदिएको बताएका छन् ।
आजको संसद बैठकलाई सम्बोधन गर्दै ओलीले राखेको धाराणाको मुख्य अंश

हामी लोकतान्त्रिक प्रणालीमा छौँ । कठिनाईका बाबजुद अधिकतम सहमतिका साथ संविधान जारी गर्र्यौ । लामो समयदेखि जनताले गरेको प्रयास र सपनालाई सार्थकता दिने काममा मैलेँ अधिकतम सहमतिका लागि प्रयास गरेको थिएँ ।
राजनैतिक दलहरुका बीचमा खासगरी प्रमुख दलहरुका बीचमा केही सहमति र समझदारी भएका थिए । गत वर्ष संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार गठन गर्दा र पछि १६ बुदेँ सहमति गर्दा केही प्रतिवद्धता व्यक्त भएका थिए । राजनीतिकमा हाम्रा प्रतिवद्धता, हाम्रा सहमति र हाम्रा कुराहरुको धेरै महत्व हुन्छ , अझै लोकतन्त्रमा धेरै महत्व हुन्छ । त्यसतर्फ ध्यानाकर्षण गराउँछु । मैलेँ प्रधानमन्त्री पदका लागि उमेद्वारी दिएको छु । विभिन्न पार्टीको प्रस्ताव र समर्थनका साथ उमेद्वारी दिएको छु । तर कता कता अफ्टेरो लागेको छ । नेपाल कांग्रेसको नेतृत्वमा हामी सरकारमा रह्यौँ र गत वर्ष सरकार बन्दा म समर्थनमा बसेको थिएँ । आज नेपाली कांग्रेस प्रस्तावक र समर्थक नहुदाँ कसो कसो लागेको छ । म आफ्नो तर्फबाट र मेरो दलका तर्फबाट आग्रह गर्न चाहन्छु । हामी सहमतिका साथ नै देशलाई अगाडी बढाउन चाहन्छौँ । हामीले संविधान जारी गर्यौ । त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ । १ सय भन्दा बढी कानून निमार्ण गर्नुपर्ने छ । ३ सय भन्दा बढी पुरानै कानूनका ठाउँमा संशोधन गर्नुपर्नेछ । देशका विभिन्न भागमा विभिन्न समूदायका असन्तुष्टी र माग कायम छ । त्यसलाई सम्बोधन गर्नुपर्ने छ । अर्कातर्फ केही महिनाअघिको भूकम्पले नेपाललाई पुरै असहज स्थितीमा पुर्याएको छ । त्यसलाई हामीले पुर्ननिर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो मात्रै होइन देशलाई हामीले अब हाम्रो गरिबी, बेरोजगारी हटाउनुछ । हाम्रा जनताका सपनाहरुलाई समृद्धीलाई सफल पार्नु छ । स्वच्छ पारदर्शी प्रभावकारी सरकार बनाउनुछ चलाउनु छ । हामीले हाम्रा प्राकृतिक स्रोत र साधान समेत उपयोग गरेर देशलाई अगाडी बढानुछ । आधूनिक कृषी र उद्योगलाई अगाडी बढाउनुछ । बाह्य लगानी आर्कषित हुने वातावरण बनाउनुछ । हाम्रा नयाँ सुरक्षित बस्ती विकास गर्नुपर्ने छ । अर्को तिर व्यापार वृद्धी गर्नुपर्ने छ । थुप्रै कामहरु हाम्रा अगाडी छन् । पर्यटन क्षेत्र, सेवाको क्षेत्रलाई अगाडी बढाउनुछ । अर्को कुरा हामीलाई थाहा छ , हाम्रो अहिलेको अवस्थामा छिमेकसँग असझदारीका केही लक्षण देखिएका छन् । त्यसले केही आपूर्तिमा असहजता देखिएको छ । त्यसलाई हटाउनु छ । त्यसका लागि स्वभाविक रुपमा राष्टिय एकता, दलहरुका बीचमा , जनताका प्रतिनिधिका बीचमा एकता र सहमति कायम गरेर राष्टिय एकता र भावनाका साथ अगाडी बढ्नुछ । समाजमा कताकता सामाजिक सद्भाव खलबलिने समस्या देखिएका छन् । त्यसलाई हटाउनु जरुरी छ । समृद्धीको बाटो हामी अगाडी बढ्नु छ । यि सबै कामका लागि हामी एकजुट भएर जान जरुरी छ । त्यसैले मैलेँ विगतका पृष्ठभूमि स्मरण गराइ रहनुपर्छ जस्तो लाग्दैन । विगतका पृष्ठभूमी सबैलाई थाहा छ । एकताका लािग एमालेले गरेको योगदान स्मरण गराइराख्नु पर्दैन होला । यस्तो परिस्थितीमा पनि हामीले एकतावद्ध भएर अघि बढ्न जरुरी छ । अहिले पनि आग्रह गर्न चाहन्छु , मैलेँ भन्न मिल्न हो कि होइन थाहा छैन् । प्रधानमन्त्री सुशिल कोइराला जी, नेपाली कांग्रेसका सभापति,  उहाँलाई हाम्रो दलले समर्थन गरेर उहाँले राजीनामा नगर्दासम्म उहाँलाई हामीले थुप्रै असहज स्थितीमा पनि समर्थन गरिरह्यौ । अहिले उहाँले स्वेच्छाले राजीनामा गर्नुभयो । त्यसअघि हामीले समर्थन गरिरह्यौ । हाम्राबीच केही सहमति पनि भएका थिए । मैलेँ सबै दललाई मिलाएर , सबै दलको भावना बुझेर सहमति कसरी जोड्न सकिन्छ , त्यस विषयमा ध्यान दिएर नै मनोनयन दर्ता गरेको हुँ । मैलेँ जानकारी पाएको छु , कांग्रेस सभापति सुशिल कोइरालाले पनि उमेद्वारी दर्ता गर्नुभएको छ । आग्रह गर्छु , उमेद्वारी फिर्ता लिनुहोस् म आभारी हनेछ । नेपाल कांग्रेस भित्रैका थुप्रै सभासद् सहमतिको पक्षमा हुनुहुन्छ , नेपाली कांग्रेसका सभापतिलाई त्यो भावना बुझिदिनुस् भन्न चाहन्छु । नेपाली कांग्रेसका सभापतिले उमेद्वारी फिर्ता नलिदाँ पनि मिलेर जाने प्रश्नमा , जनता हक अधिकार, राष्टियता, लोकतन्त्र , राष्टिय एकता र समृद्धी, संविधानको कार्यान्वयन होस् वा नेपाली जनता जायज माग र आन्दोलन सम्बोधन गर्ने विषयमा नेपाली कांग्रेसको मलाई साथ हुनेछ र त्यस कुरालाई ध्यानमा राखेर नेपाली कांग्रेसलाई साथ लिएर , सम्मानजनक व्यवहार गरेर अघि बढ्ने जानकारी गराउन चाहन्छु । अन्य पार्टी जसले मलाई समर्थन र प्रस्ताव गर्नुभएको छ , उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

एउटा भ्रम छ , मेरै बारेमा पनि थारु विरोधी, असहिष्णु, संर्कीण, मधेस विरोधी धेरै भ्रम फैलाइएको छ । म भन्न चाहन्छु, सभामूख महोदय यि भ्रमहरुलाई म व्यवहारबाट समाप्त पार्नेछु । हिमाल पहाड तराई, पूर्व पश्चिम, मधेसी थारु जनजाति, उत्पिडित , अल्पसंख्य मूसलमान र अरु कुनै पनि समूदाय सबै नेपालका दाजूभाई दिदीबहिनी हुन् र नेपालका दाजूभाई दिदीबहिनीका सबै समस्या समाधान गरिनुपर्छ र ति समस्या समाधान गर्नकै लागि मैले उमेद्वारी दर्ता गरेको हुँ । फोटो टाँस्नका लगि वा यो पदमा बसेको भन्नका लागि उमेद्वारी दर्ता गरेको होइन । अहिले भ्रम छ तराई मधेसतिर केपि ओली आयो भने यस्तो हुन्छ उस्तो हुन्छ । तर म भन्न चाहन्छु सबै जनताका जायज माग सम्बोधन गरिनेछ र त्यसको अगुवाई म गर्नेछु । भूकम्पले आक्रान्त देशलाई कुनै शिथिलताका साथ होइन तिव्रताका साथ पुननिर्माणको कामलाई निरन्तरता दिइनेछ ।
– See more at: http://www.ratopati.com/news/8400/#sthash.7H9ACp84.dpuf

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी