
इन्डियन आयल कर्पोरेशन (आइओसी) को मुख्यालय मुम्बईले शनिबार आयल निगमलाई टेलिफोन गरेर आइतबार रक्सौल बाहेकका डिपोमा पेट्रोलियम ट्यांकर पठाउन आग्रह गरेको छ।
आइओसीको ट्याङ्कर पठाउन आग्रह गरेपनि तेल भरेर नपठाएसम्म विश्वास गर्न नसकिने आयल निगमका अधिकारीहरु बताउँछन्। ‘आइओसीले शनिबार हामीलाई टेलिफोन गरेर आइतबार (विदा) भएपनि डिपो खोलेर तेल दिने जानकारी दिएका छन्,’ निगमका प्रवक्ता दीपक बरालले भने ‘हामीले पठाएको ट्यांकरमा तेल भरेर नेपाल नआएसम्म केही विश्वास गर्न सकिदैन।’
बरौनी, सिलगुढी, गुन्डा र वेतालपुरमा ट्यांकर पठाउन आइओसीले आग्रह गरेको छ। निगम स्रोतका अनुसार शनिबारनै आइओसीले लोडिङ बढाएर दिएका थिए। निगम उच्च स्रोतका अनुसार आयल निगमले पेट्रोलियम पदार्थ आपूर्तिमा टेन्डर आह्वान गरेपछि आइओसी लचिलो भएको हो।
‘नेपाल–भारतवीचको राजनीतिक सम्बन्धमा कुनै सुधार भएको देखिएको छैन। आइओसीले नेपालको व्यापार गुमाउन नचाहेकोले केही लचिलो भएर तेल दिएको हुनसक्छ,’ स्रोतले भन्यो, ‘हामीले स्वदेश र विदेशका कम्पनीलाई तेल ल्याउन आह्वान गर्नेवित्तिकै उनीहरु आत्तिएका छन्।’ आयल निगमसँग आइओसीको १ खर्ब ३० अर्बको व्यापार छ। आइओसीका लागि नेपालसँगको व्यापार सबैभन्दा ठूलो हो।
टेन्डरमा पनि आइओसीका चासो
आयल निगमले निकालेको ग्लोबल टेन्डरमा समेत आइओसीले चासो राखेको छ। स्रोतका अनुसार आइओसीका अधिकारीले शनिबार टेलिफोन गरेर टेन्डरमा आफु पनि सहभागी हुने जनाएको थियो। ‘आइओसी आफ्नो व्यापार सुरक्षित गर्न ग्लोबल टेन्डरमा समेत सहभागी हुने इच्छा देखाएको हुनसक्छ,’ स्रोतले भन्यो, ‘आइतबारसम्म उनीहरुले पनि टेन्डर भरे भने थाहा हुन्छ।’
भारतले नाकाबन्दी लगाएपछि आइओसीले माग भन्दा १० प्रतिशत मात्रै तेल दिँदै आएको छ। भारतीय दूतावासको चासो आयल निगमले ग्लोबल टेन्डर आह्वान गरेपछि भारतीय दूतावासले चासो देखाउँदै नियमित रुपमा सूचना लिइरहेको स्रोतले बतायो। स्रोतका अनुसार दूतावासले कुन, कुन कम्पनीले टेन्डर भरे भनेर जानकारी लिएको हो।
आयल कर्पोरेशन (आइओसी) को मुख्यालय मुम्बईले शनिबार आयल निगमलाई टेलिफोन
गरेर आइतबार रक्सौल बाहेकका डिपोमा पेट्रोलियम ट्यांकर पठाउन आग्रह गरेको
छ।
आइओसीको ट्याङ्कर पठाउन आग्रह गरेपनि तेल भरेर नपठाएसम्म विश्वास गर्न
नसकिने आयल निगमका अधिकारीहरु बताउँछन्। ‘आइओसीले शनिबार हामीलाई टेलिफोन
गरेर आइतबार (विदा) भएपनि डिपो खोलेर तेल दिने जानकारी दिएका छन्,’ निगमका
प्रवक्ता दीपक बरालले भने ‘हामीले पठाएको ट्यांकरमा तेल भरेर नेपाल नआएसम्म
केही विश्वास गर्न सकिदैन।’
बरौनी, सिलगुढी, गुन्डा र वेतालपुरमा ट्यांकर पठाउन आइओसीले आग्रह गरेको छ।
निगम स्रोतका अनुसार शनिबारनै आइओसीले लोडिङ बढाएर दिएका थिए। निगम उच्च
स्रोतका अनुसार आयल निगमले पेट्रोलियम पदार्थ आपूर्तिमा टेन्डर आह्वान
गरेपछि आइओसी लचिलो भएको हो।
‘नेपाल–भारतवीचको राजनीतिक सम्बन्धमा कुनै सुधार भएको देखिएको छैन। आइओसीले
नेपालको व्यापार गुमाउन नचाहेकोले केही लचिलो भएर तेल दिएको हुनसक्छ,’
स्रोतले भन्यो, ‘हामीले स्वदेश र विदेशका कम्पनीलाई तेल ल्याउन आह्वान
गर्नेवित्तिकै उनीहरु आत्तिएका छन्।’ आयल निगमसँग आइओसीको १ खर्ब ३० अर्बको
व्यापार छ। आइओसीका लागि नेपालसँगको व्यापार सबैभन्दा ठूलो हो।
टेन्डरमा पनि आइओसीका चासो
आयल निगमले निकालेको ग्लोबल टेन्डरमा समेत आइओसीले चासो राखेको छ। स्रोतका
अनुसार आइओसीका अधिकारीले शनिबार टेलिफोन गरेर टेन्डरमा आफु पनि सहभागी
हुने जनाएको थियो। ‘आइओसी आफ्नो व्यापार सुरक्षित गर्न ग्लोबल टेन्डरमा
समेत सहभागी हुने इच्छा देखाएको हुनसक्छ,’ स्रोतले भन्यो, ‘आइतबारसम्म
उनीहरुले पनि टेन्डर भरे भने थाहा हुन्छ।’
भारतले नाकाबन्दी लगाएपछि आइओसीले माग भन्दा १० प्रतिशत मात्रै तेल दिँदै
आएको छ। भारतीय दूतावासको चासो आयल निगमले ग्लोबल टेन्डर आह्वान गरेपछि
भारतीय दूतावासले चासो देखाउँदै नियमित रुपमा सूचना लिइरहेको स्रोतले
बतायो। स्रोतका अनुसार दूतावासले कुन, कुन कम्पनीले टेन्डर भरे भनेर
जानकारी लिएको हो। – See more at:
http://www.bizmandu.com/content/-13559.html#.VhrCeW5VXIU
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्