×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री चयनका लागि संसद बैठक सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री चयनका लागि संसद बैठक सुरु

Artha Sarokar

२४ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । आजको संसद बैठकले मुलुकको ३८ औं प्रधानमन्त्रीको चयन गर्नेछ । प्रधानमन्त्रीको उम्मेदवारको रुपमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति सुशील कोइराला रहेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सविधानको धारा २९८ को उपधारा ३ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा १९को उपदफा ३ बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नेछन् । नेता ओलीको उम्मेदवारीको प्रस्तावकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत १६ जनाले समर्थन गर्नेछन् ।
यस्तै, नेपालको सविधानको धारा २९८ को उपधारा ३ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा १९को उपदफा ३ बमोजिम नेपालको प्रधानमन्त्री पदमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रस्तुत गरेको उम्मेदवारीको सूचना प्रस्तुत गर्नेछन् । सभापति कोइरालाको उम्मेदवारीको प्रस्तावकमा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थक उपसभापति रामचन्द्र पौडेलले समर्थन गर्नेछन् ।
यसअघि राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री सुशील कोइरालाले दिएको राजीनामा सम्बन्धी पत्र सभामुखले वाचन गरेर सुनाएका थिए । त्यस्तै सांसद् डा बाबुराम भट्टराईले संसद सदस्यबाट दिएको राजीनामा सम्बन्धी पत्र वाचन गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी