
कांग्रेसले आफ्नो नेतृत्वको सरकारका लागि एकीकृत माओवादीलाई आर्कषक अफर गरेको खुलासा भएको छ ।
तर, काग्रेस सभापति एबम् प्रधानमन्त्री सुशील कोइरालाले गरेको अफरलाई प्रचण्डले अस्वीकार गरेका छन् ।
‘काग्रेसका तर्फबाट आर्कषक अफर नआएको होइन । उहाँहरुले उपराष्ट्रपति, सभामुखसहित ८ मन्त्रालयको अफर दिनुभएको थियो । तर, हाम्रो अध्यक्षले यो स्वीकार गर्नुभएन ।’ एमाओवादीका एक पदाधिकारीले भने, ‘राष्ट्रियता संकटमा परेको बेला अफर महत्वपूर्ण हुँदैन भन्ने अध्यक्षको सोच रहेछ ।’
शुक्रवार साँझ पनि प्रधानमन्त्री सुशील कोइरालासँग एकीकृत माओवादीका नेताहरुले भेटेर भावी सरकारका बारेमा छलफल गरेका थिए । भेटमा प्रचण्डले भावी सरकारका वारेमा आफ्नो पार्टीले लिएका निर्णय सुनाएका थिए । एमाओवादीले संविधान जारी भइसकेपछि पनि थप चुनौती भएकाले प्रमुख दलबीच एकता कायम राखेर अघि बढ्नुपर्ने बारेमा छलफल गरेको थियो । एमाओवादीले यसअघि दलहरुबीच भएको १६ बुँदे सहमतिअनुसार अघि बढ्दा सहज र उपयुक्त हुने सुझाव दिएको थियो । – See more at: http://www.ratopati.com/news/8369/#sthash.xcwea6fz.dpuf
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्