
कार दुर्घटनापछि घाँटीबाट टाउको चुँडिएपनि एक बालकले चमत्कारिक रुपमा जीवन पाएका छन् । केवल १ वर्ष ४ महिनाका ज्याक्सन टेलरले यस्तो भाग्य प्राप्त गरेका हुन् ।
उनी दुर्घटना हुदाँको समय आफ्नी आमाको काखमा थिए र उनीसँगै ९ वर्षिया उनकी दिदी सायन पनि थिइन् । गत सेप्टेम्बर १५ मा ७० किलोमिटर प्रतिघण्टाको दरमा आइरहेको अर्को गाडीसँग उनीहरुको टाउको जुध्यो । त्यसपछि बालकलाई ब्रिस्बेनस्थित अस्पताल लगियो । डाक्टरहरुका अनुसार उनको घाँटी आन्तरिक रुपमा चुँडिएको थियो । ६ घण्टा लामो शल्यक्रियापछि डाक्टर जिओफ अक्सिनको नेतृत्वमा रहेको मेडिकल टोलीले उनको उपचार गर्यो र टाउकोलाई घाँटीसँग जोड्यो । शल्यक्रियामा संलग्न डाक्टर अस्किनका अनुसार यस्तो चोटलाई यति कम उमेरका शिशुहरुले कहिल्यै सहन सक्दैनन् । यदी सुरुआतमा उनीहरु बाँचेपनि लगत्तै सास फेर्न नसक्ने हुन्छन् ।
अहिले ज्याक्सन आफ्नो शरीरलाई स्थिर राख्नका लागि प्रयोग गरिने कपडाको सहारामा छन् । यस्तो कपडालाई उनको शरिरबाट ८ सातापछि हटाइनेछ । त्यसपछि उनले सामान्य र स्वस्थ जीवन बिताउन सक्ने बताइएको छ । घटनामा घाइते भएकी ज्याक्सनकी दिदी सायनलाई पनि पूर्ण ठीक हुन आठ साता नै लाग्नेछ । आन्तरिक रक्तस्राव बन्द गर्नका लागि उनको शल्यक्रिय गरिएको थियो । ज्याक्सनी आमा रायलि यसलाई चमतकार मानिन्छ । बाबु एन्डयू टेलर समेत आफ्ना छोराछोरी नै बाँचेकोमा निकै खुसी छन् ।
एक १८ वर्षिय युवकले चलाएको फोर्ड फाल्कन गाडीसँग ठोक्किएर उनीहरुको गाडी दुर्घटनामा परेको बताइएको छ । आमा रायली घटना संझदै भन्छिन्, ‘त्यतिबेला ज्याक्सनको घाँटी भाँचिएको थियो । आमा मलाई भने एयर ब्यागले बचायो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्